म्यानमारमा गोली लागेकी प्रदर्शनकारीको मृत्यु

एजेन्सी, ७ फागुन । म्यानमार सेनाले कूमार्फत् सत्ता हत्याएपछि भएको प्रदर्शनमा सहभागी एक जना महिलाको सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएको छ । 

समाचार संस्था एएफपीका अनुसार २० वर्षीया ती महिलाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ । फेब्रुअरी १ मा सेनाले सत्ता लिएपछि प्रदर्शनकारीको मृत्यु भएको यो पहिलो पटक हो।  ती महिलालाई अघिल्लो साता प्रदर्शनका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेको थियो ।  जननिर्वाचित सरकारलाई अपदस्त गरेर सेनाले सत्ता हत्याएपछि म्यानमारमा अचेल दिनदिनैजसो प्रदर्शनहरू भइरहेका छन्। 

गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै सेनाले नेशनल लिग फर डेमोक्रेसीको सरकार हटाएर सत्ता आफ्नो हातमा लिएको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, ६ बैशाख ।  लुम्बिनी प्रदेश सरकारमा थपिएका नया चार जना मन्त्रीले सपथग्रहण लिएका छन । जनता समाजवादी पार्टी (जसपा)का

काठमाडौँ, ६ बैशाख । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा बस्न

काठमाडौँ, ६ बैशाख । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर ८

काठमाडौँ, ६ बैशाख । थप १२ सय ८१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ८५ हजार ९

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021