सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन: प्रधानमन्त्री ओली

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लोकतन्त्रको बाटो नबिराउने भन्दै जनताको अभिमतभन्दा बाहिर नजाने पनि बताउनुभएको छ ।

७१ औं प्रजातन्त्र दिवसको अवसरमा आज टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई कुबाटोमा धकेल्ने चेष्टाबाट मुलुकलाई जोगाउन नयाँ निर्वाचनमा जानु परेको बताउनुभएको छ । आफूभित्रैबाट अस्थिरता सिर्जना गर्न खोजिएकाले ताजा जनादेशमार्फत लोकतन्त्र बलियो बनाउनुपर्ने दायित्व आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रणलीभित्रैबाट लोकतन्त्रलाई अस्थिरतातर्फ लैजान खोज्ने र कुबाटोमा धकेल्ने चेष्टाबाट मुलुकलाई अघि बढ्न नदिन निर्वाचनमा जानु परेको छ । यसमा सबै निकायले आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । लोकतन्त्रलाई अलमलमा पार्ने खालका क्रियाकलाप कहीँ कतैबाट नहोस् । अहिलेको सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन ।’

देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश भएको भन्दै उहाँले घोषित मितिमा नै चुनाव हुनुपर्नेमा जोड दिनुभयो । कुनै हिसाबले अलमल गर्ने र लोकतन्त्रलाई अलमलमा पार्ने क्रियाकलाप कसैले गर्न नहुने भन्दै उहाँले भन्नुभयो, ‘सानातिना मतभेदलाई छोडेर बृहत्तर राष्ट्रिय हितमा एकताबद्ध भएर अगाडि बढौं ।’ प्रधानमन्त्री ओलीले सोही अवसरमा शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन बाँकी रहेका विभिन्न समूहलाई पनि संविधानभित्रको मूल प्रवाहमा आउन आह्वान गर्नुभयो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दवहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक