सचिव सरुवाको निर्णय सार्वजनिक नहुँदै सच्याइयो सरकारले

काठमाडौँ, ७ फागुन । सरकारले सार्वजनिक नगर्दै सचिव सरुवाको निर्णय सच्याएको छ । अघिल्लो बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डेढ दर्जनभन्दा बढी सचिवहरुको सरुवा एकैपटक गरेको थियो । तर औपचारिक रुपमा निर्णय सार्वजनिक नगर्दै सरकारले करिब आधा दर्जन सचिवहरुको सरुवा निर्णय सच्याएको छ ।

शिक्षा मन्त्रालयबाट सरुवा गरिएका गोपी मैनालीको सरुवा सच्याएको छ । उनलाई उपराष्ट्रपति कार्यालय लगिएको छ । यसैगरी टेकनारायण पाण्डेको पनि सरुवा निर्णय सच्याइएको छ । उनलाई हाल भूमि व्यवस्था मन्त्रालयमा नै यथावत राखिएको छ ।

सरकारले निर्वाचन आयोगकी सचिव देवकुमारी गुरागाईंको पनि सरुवा सच्याएको छ । गुरागाईंलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा लगिएको छ । त्यसैगरी बेगेन्द्र राज शर्मा पौडेलको सरुवा सच्याउँदै वित्त आयोगमा राख्ने निर्णय गरिएको छ ।

सरकारले प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईलाई उद्योग मन्त्रालयमा ल्याएको छ भने लोकसेवा आयोगका सचिव अर्जुन पोखरेललाई वाणिज्यमा ल्गाएको छ । अघिल्लो सता डेढ दर्जन भन्दा बढी सचिवको सरुवा गर्दा सरकारले गृहमन्त्रालयमा र संघीय मन्त्रालय भने चलाएन । याे समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा