चुनावको तयारी अवस्थामा रहन सभापति देउवाको निर्देशन

पोखरा, ६ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतले पुनस्र्थापना वा निर्वाचन जे निर्णय गरेपनि काँग्रेसलाई मान्य भएको बताउनुभएको छ ।

बिहीबार पोखरामा नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश समितिद्वारा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले संसद् विघटनका वारेमा सर्वोच्च अदालतको निर्णयनै अन्तिम भएकाले आफ्नो पार्टीलाई सर्वोच्चको निर्णय मान्य हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ, बहस चलिरहेको छ । अदालतले संसद पुनस्र्थापना गर भन्यो भनेपछि स्वीकार गर्छौं, चुनाब गर भन्यो भनेपनि हामलाई स्वीकार्य छ । हाम्रो चुनाव चिन्ह रुख छँदैछ, अदालतलाई यसो गर भनेर निर्देशन दिने होइन निर्णय मान्ने हो ।’

सडकमा प्रदर्शन गरेर अदालतलाई दवाव दिन नहुने पनि उल्लेख गर्दै उहाँले जुलुस हेरेर फैसला गर्ने अवस्था आए पनि सडकमा कार्यकता उतार्न काँग्रेससँग पैसा नभएकाले कार्यकतालाई जवरजस्ती बोलाउन नसकिने धाराणा राख्नुभयो । सभापति देउवाले चुनावमा जानका लागि मगर समुदायको भूमिका महत्त्वपूर्ण रहने बताउँदै तयारी अवस्थामा बस्न निर्देशन समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा