उपाध्यक्ष शर्माद्वारा पर्यटन क्षेत्रलाई झुटो आश्वासन: कार्यसमितिले स्पष्टिकरण माग्ने

काठमाडौँ, ६ फागुन । पर्यटकीय स्थलको रुपमा रहेको काठमाडौँ उपत्यकाको सवैभन्दा महत्वपूर्ण व्यवसायीक केन्द्रको रुपमा रहेको ठमेल पर्यटन परिषद्का तृतीय उपाध्यक्ष भावी शर्माले परिषद्को विधिनलाई लत्याउँदै आफ्नो अबैधानीक गतिविधिहरु सञ्चालन गरिरहनुभएको तथ्य खुल्न आएको छ । त्यस्तै पर्यटन व्यवसायीलाई उपाध्यक्ष शर्माले झुटो आश्वासन दिने गरेको कुरा खुल्न आएको छ ।

उपत्यकाकै पर्यटकीय व्यवसायको मेरुदण्डको रुपमा रहेको ठमेलमा सामान्यतया स्वदेशी नागरिक मात्र नभई विदेशी नागरिकको समेत आकर्षणको केन्द्र हो । जहाँ स्वदेश तथा विदेशका नागरिकहरुको भिडभाड हुने गरेको छ । यसरी पर्यटकहरुको मुख्य वासस्थानको रुपमा रहेको उक्त ठाउँ, व्यवसायलाई व्यवस्थित र प्रभावकारी बनाउने साथै शान्ति सुरक्षा, अमन चयन, अनुसाशीत, पारिवारीकलगायतका बनाउने लक्ष्यका साथ ठमेल पर्यटन परिषद्को गठन गरिएको थियो । जसले ठमेलमा आउने स्वदेशी तथा विदेशी नागरिकलाई पारिवारीक वातावरण सिर्जना गर्ने गरेको छ । व्यवसायीको दुःख सुखको सारथीको रुपमा रहेको छ ।

यस्तो महत्वपूर्ण ठाउँको जिम्मेवारी लिएको परिषद्का तृतीय उपाध्यक्ष शर्माले विधान विपरित गरिएका गतिविधिले ठमेलका व्यवसायी मात्र नभई उक्त स्थानमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुमा समेत गंभिर समस्या पैदा हुने देखिएको छ ।

उपाध्यक्ष शर्माले कुमारी बैंक र ठमेल ऋण प्रवाह भनेर सामान्य बैंक भन्दा पनि झन्झटिलो हुने गरी काम गरेको पाइएको छ । शुरुबाट नै विवादित छवि बनाएका तृतीय उपाध्यक्ष शर्माले ठमेलमा रहेको प्रधानन्यायधिस चोलेन्द्र शमसेर जबराको भाइको घरमा सामान्य (सानो) मसाज सेन्टर सञ्चालन गरेको तर हाल भाडा समेत नतिरि बसेको तथ्य सार्वजनिक भइसकेको छ । घरभाडा नतिर्ने भनि मुद्धा हालेका छन् ।

तृतीय उपाध्यक्ष शर्माले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, द्वितिय उपाध्यक्ष तथा महासचिवलाई समेत जानकारी नगराई बैठकहरु राखेको समेत तथ्य सार्वजनिक भएको छ । परिषद्को विधि, विधानलाई वेवास्ता गरि कसैलाई जानकारी नगराई बैठक राख्नु नीज उपाध्यक्ष शर्माको गंभिर गल्ती भएको औंल्याउँदै कार्य समितिले निजलाई स्पस्टिकरण समेत लिने भएको महासचिव ध्रुव अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले