उपराष्ट्रपति पुनद्वारा ‘विवादास्पद’ अभिव्यक्ति

काठमाडौँ, ६ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको निर्णयविरुद्ध सार्वजनिक मञ्चमा उपराष्ट्रपतिले दिएको अभिव्यक्तिलाई संविधान र कानुनका जानकारले ‘विवादास्पद’ भनेका छन् । 

उपराष्ट्रपति पुनले बुधबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले मुलुकलाई दुर्घटनातिर धकेल्न खोजेको दाबी गरेका हुन् । ‘देश यति बेला राजनीतिक संकटको भुमरीमा छ । प्रतिनिधिसभा विघटन गरिएको छ र यसविरुद्ध प्रदर्शन भइरहेको छ’, उपराष्ट्रपति पुनले भने, ‘पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, संविधानविद्, नागरिक, पत्रकार र सबै राजनीतिक दलले प्रतिनिधिसभा विघटन असंवैधानिक भनिरहेका छन् । यो राम्रो संकेत होइन ।’

उपराष्ट्रपतिले नेपालको हरेक राजनीतिक परिवर्तनमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न, साना लगानीका सञ्चारमाध्यमको उठानका लागि सरकारको ध्यानाकर्षणसमेत गराएका थिए ।

महासंघको विधानमा भएको व्यवस्थाअनुसार महाधिवेशन उद्घाटन समारोह सकिएको एक महिनाभित्र नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ । यो साचार अन्नपूर्णपोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कर्णाली (सुर्खेत), ६ कार्तिक । कर्णाली प्रदेश सरकारले गत असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका

म्याग्दी, ६ कार्तिक । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । बाढीले विद्युत्गृह बगाएपछि

विराटनगर, ६ कार्तिक । बेमौसमी वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । विमानस्थलको

काठमाडौँ, ६ कार्तिक । आज पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर देशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021