ललिता निवास जग्गा प्रकरणः ठगी मुद्दा नचल्ने, किर्तेको हदम्याद एक वर्ष

काठमाडौँ, ६ फागुन । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका आरोपितहरूबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सिध्याए पनि ठगी मुद्दा भने नचल्ने भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको भन्दै महान्यायाधिवक्ता कार्यालयले ठगी मुद्दा चलाउन रोक लगाएको हो। आरोपितविरुद्ध सरकारी छाप दस्तखत किर्ते मुद्दा भने चल्ने भएको छ । 

सरकारी जग्गा व्यक्तिका नाममा नामसरी गरी राज्यलाई हानिनोक्सानी गरेको ठहर गर्दै सिआइबीले ठगी तथा सरकारी छाप किर्ते दस्तखतमा मुद्दा चलाउन सिफारिस गरेको थियो । सो सिफारिसपछि महान्यायाधिवक्ता अग्नि खरेल र प्रहरी महानिरीक्षक शैलश थापाबीच धेरै पटक छलफल भई ठगी मुद्दा नचलाउने निर्णय भएको हो ।

‘महान्यायाधिवक्ता खरेल र प्रहरी महानिरीक्षक थापाबीचको छलफलपछि सरकारी वकिल कार्यालय र प्रहरीले आरोपितलाई ठगी मुद्दा नलगाउने र सरकारी छाप किर्ते मुद्दा भने लगाउने निर्णय भएको छ,’ प्रहरी स्रोतले भन्यो । आरोपितहरूलाई अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरिसकेकाले ठगी मुद्दा नचलाउने निष्कर्ष सरकारी वकिल र प्रहरीले निकालेको हो । मन्त्रिपरिषद्को निर्णयलाई मुद्दा चलाउन नपाइने भए पनि अख्तियारले मन्त्री र सचिवहरूलाई समेत मुद्दा चलाएको थियो । विशेष अदालतले पनि धेरैजसो आरोपितका हकमा धरौटी मागेको छ । सचिवहरू दिनेशहरि अधिकारी, छविराज पन्त धरौटीमा रिहा भएका छन् तर अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई भने अदालतले धरौटी नै नमागी थुनामा पठाएको छ । अख्तियारले २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

मुद्दा दायर गरिएकामध्ये सयभन्दा धेरै अदालतमा उपस्थित भएका छन् । पूर्वमन्त्री विजय गच्छदार भने अदालत उपस्थित भएका छैनन् । मन्त्रिपरिषद्को निर्णय नीतिगत होरहोइन भन्ने विषयमा सिआइबी मौन छ । अख्तियारको क्षेत्राधिकारभित्र नरहेको विषयलाई अख्तियारले नै मुद्दा चलाएकोबारे सर्वोच्च अदालतले त्यसको निरूपण गर्नुपर्ने सिआइबीले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी