कांग्रेसको १४औं महाधिवेशनको प्रस्ताव प्रस्तुत

काठमाडौँ, ५ फागुन । नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेका लागि प्रस्ताव गरिएको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काले केन्द्रीय महाधिवेशन भदौ ७ देखि १० गतेका लागि प्रस्ताव गर्नुभएको हो । यस्तै असार २० गतेबाट तल्लो तहको अधिवेशन सुरु गर्ने प्रस्ताव छ । बैठकमा फागुन ५ बाट संविधानत सबै कार्यसमितिको पदावधिको समय ६ महिना थप्ने प्रस्ताव र म्याद सकिएका विदेशस्थित जनसम्पर्कको म्याद थप्ने प्रस्ताव गरिएको छ ।

प्रस्तावमाथि बुधबारबाट छलफल सुरु भएको विहीबार पनि छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । त्यस्तै क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति वडाले फागुन १२ गते पालिकालाई, १६ गते पालिकाले क्षेत्रीय कार्य समितिलाई, २८ गते क्षेत्रीय कार्य समितिले जिल्लालाई, चैत १० गते जिल्लाले केन्द्रीय समितिलाई बुझाउने प्रस्ताव बैठकमा गरिएको उहाँले बताउनुभयो ।

यसअघि अघिल्लो बर्ष कांग्रेसको महाधिवेशन फाल्गुन सात देखि १० गतेसम्म गर्ने प्रस्ताव गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी