महिला आयोगद्वारा भट्टको हत्यारालाई कडा कारवाही गर्न गृहमन्त्रालयसँग माग

काठमाडौँ, ५ फागुन । राष्ट्रिय महिला आयोगले बैतडी जिल्लाको दोगडाकेदार वडा नं. ३ स्थित सनातन धर्म माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत भागरथी भट्टको बलात्कार पछि भएको हत्यालाई तत्काल अनुसन्धान गरी हत्यारालाई कडा भन्दा कडा कारवाही गर्न नेपाल सरकार गृह मन्त्रालयलाई माग गरेको छ ।

आयोग आयुक्त कृष्ण कुमारी पौडेल खतिवडाको संयोजकत्वमा गठित अनुगमन टोलीले समेत घटना स्थलमा पुगी विस्कृत जानकारी लिएको थियो । टोलिले प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी प्रमुख, सुरक्षा निकायका प्रमुख, जिल्ला सरकारी वकिल कार्यालय, जनप्रतिनिधि, शिक्षाक, विद्यार्थी, नागरिक समाज, वृद्धिजीवि, घरपरिवार, छिमेकीलगायतसँग विस्तृत जानकारी लिएको थियो । उक्त टोलीले तयार पारेको प्रतिवेदन आज गृहमन्त्री रामबहादुर थापालाई बुझाईएको छ ।

आगोगको अध्यक्ष कमला कुमारी पराजुलीले आज एक विज्ञप्ती जारी गर्दै घटनाको गंभिर रुपमा नेपाल प्रहरीले अनुसन्धान गरिरहेकोमा विशेष धन्यवाद व्यक्त गर्नुभएको छ । नेपालको कानुनमा रही आवश्यक खोज तथा अनुसन्धान गरी पिडितलाई न्याय प्रदान गर्नुपर्नेमा जोड दिँदै अध्यक्षले अनुसन्धान निष्पक्ष र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । नेपालमा महिलाले महिला भएकै कारण पिडित हुनुपर्ने अवस्थाको अन्त्य गरी महिलाले समाजमा शिर ठाडो बनाएर हिड्न पाउने गरी कानुनको परिचालन गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

पछिल्लो समय समाजमा विभिन्न प्रकारका विकृति तथा विसंगतिकै कारण महिला बलात्कृत भई हत्या हुने क्रम बढ्दै गएकाले बलात्कारीलाई अझ बढी कठोर कानुनी कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । समाजमा गरिव, पिछडिएका वर्ग, दलित तथा आर्थिक रुपमा कमजोर महिलामाथि महिला हिंसा तथा बलात्कार हुने गरेको उल्लेख गर्दै गरिव तथा पिछडिएको वर्ग भएकै कारण महिलाले ज्यान जोखिममा राख्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

परिवारको कमजोरी पहिल्याई महिलामाथि विभिन्न प्रकारका घटनाहरु घटाउने गरेको उल्लेख गर्दै अध्यक्ष पराजुलीले भागरथी भट्टको जस्तै अन्य नेपाली महिलाहरुलाई पुनः त्यस प्रकारको घटना घट्न नदिने तर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)