काठमाडौँ महानगरले चार स्थानमा सांस्कृतिक कार्यक्रम गर्ने

काठमाडौँ, ५ फागुन । काठमाडौँ महानगरपालिकाले प्रजातन्त्र दिवसको अवसर पारेर दरबारमार्गमा काठमाडौं सडक सांस्कृतिक महोत्सव गर्ने भएको छ ।

फागुन ६ गते बिहीबार साँझ पाँच बजेदेखि महोत्वसव सुरु गर्ने काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीले भन्नुभयो, ‘प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा हामीले दरबारमार्गमा सांस्कृतिक महोत्वसव गर्न लागेका हौँ । पहिलो चरणमा नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको सांस्कृतिक प्रस्तुति रहने छ । त्यसपछि पप गायक सविन राई आधुनिक गायक मिलन नेवार, लोक तथा आधुनिक गायक प्रकास सपुत र प्रिती आले, लोक गायक अञ्जु पौडेलले आ–आफ्नो प्रस्तुति देखाउने तयारी गरेका छौँ ।’

ज्ञवालीले युवा पुस्तालाई लक्षित गरी काठमाडौँका विभिन्न चार स्थानमा यस्तै कार्यक्रमसहित नेपाली संस्कृति र पहिचानको जगेर्ना गर्ने लक्ष्य लिएको पनि जानकारी दिनुभयो । दरबारमार्गको कार्यक्रमा उपप्रधानमन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादु थापा वादल, काठमाडौँ महानगरपालिकाका प्रमखु विद्या सुन्दर शाक्यलगायतको उपस्थिति रहने पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० साउन । मोटरसाइकल दुर्घटनामा परेर ज्यान गुमाएका युवकको पहिचान खुलेको छ । मृतक प्यूठान जिल्लाको सरुमा रानी गाउँपालिका

धादिङ, १० साउन । १० दिनदेखि हराइरहेकी युवतीको शव फेला परेको छ । आइतबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ८

काठमाडौँ, १० साउन । एउटै औषधि कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो– जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख

काठमाडौँ, १० साउन । अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे । सिरहा जिल्लाको लहान नगरपालिका–२३ तिलबोना गाउँका