काठमाडौँद्वारा महानगरका सवै स्थायी कर्मचारीको स्वतः एक तह बढुवा

काठमाडौँ, ५ फागुन । काठमाडौँ महानगरपालिकाले आफ्ना सबै स्थायी दरबन्दीका कर्मचारीको एक तहरस्तर बढुवा गरेको छ ।

महानगरपालिकाले कर्मचारी समायोजन ऐन २०७७ जारी गर्दै श्रेणीविहीन र सबै श्रेणीका कर्मचारीको समायोजनको निर्णय गरेको हो । महानगरको नगर परिषद बैठकले सो ऐन पारित गरेलगत्तै मंगलबार सबै कर्मचारीको एक तहरस्तर बढुवा भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले जानकारी दिए ।यसअनुसार करिब एक हजार ८ सय कर्मचारीको एकैपटक बढुवा भएको उहाँले जानकारी दिनुभयो ।

हाल संघबाट पाँच वर्ष सेवा अवधि पुरा गरेका शाखा अधिकृत महानगरमा आठौं, ५ वर्ष सेवा अवधि नपुगेका उपसचिव नवौं र ५ वर्षभन्दा बढी सेवा अवधि पार गरेका उपसचिव दशौं तहमा कार्यरत छन् । तर, महानगरमा २० वर्षअघि भर्ना भएका कर्मचारीहरु अहिले पनि आठौं तहमा रहेपछि महानगरका कर्मचारीले असन्तुष्टि जनाउँदै आएका थिए ।

यसरी समायोजन भएपछि सबै कर्मचारीको तलब भत्ता पनि स्वतः बढेको छ । यसअनुसार महानगरपालिकालाई महिनामा करिब ३० लाख रुपैयाँ थप वित्तीय भार थपिएको छ । कर्मचारी समायोजनले वर्षमा करिब ३ करोड ६० लाख रुपैयाँ अतिरिक्त भार थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कर्णाली (सुर्खेत), ६ कार्तिक । कर्णाली प्रदेश सरकारले गत असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका

म्याग्दी, ६ कार्तिक । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । बाढीले विद्युत्गृह बगाएपछि

विराटनगर, ६ कार्तिक । बेमौसमी वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । विमानस्थलको

काठमाडौँ, ६ कार्तिक । आज पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर देशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021