निर्णय एउटै भए पनि कांग्रेसका नेतैपिच्छे बोली फरक

काठमाडौँ, ५ फागुन । नेपाली कांग्रेस प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सच्याउनुपर्ने माग राख्दै आन्दोलनरत छ । कांग्रेसको केन्द्रीय समिति बैठकले असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन भएको निष्कर्षसहित तेस्रो चरणको आन्दोलन सम्पन्न गरिसकेको छ ।

पार्टीले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निर्णय गरे पनि पार्टीका नेतापिच्छे नै फरक–फरक धारणा सार्वजनिक भइरहेका छन् । संसद् विघटनविरुद्धको संयुक्त आन्दोलनमा सहभागी नहुने अडान लिएको कांग्रेसले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसलापछि थप रणनीति तय गर्ने नीति लिएको छ । सभापति शेरबहादुर देउवाले पार्टीले निर्णय गरे पनि तत्काल सडकमा नजाने रणनीति लिनुभएको छ । उहाँले सडकबाट सर्वोच्च अदालतमा विचाराधीन मुद्दामाथि दबाब दिन नहुने अडान बारम्बार दोहो¥याउँदै आउनुभएको छ ।

यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने सर्वोच्चको निर्णयभन्दा पनि पार्टीले गरेको निर्णयअनुसार प्रतिनिधिसभा पुनस्र्थापनका लागि आन्दोलनमा जानुपर्ने जोड दिँदै आएको छ । केन्द्रदेखि वडा तहसम्म संसद् विघटनविरुद्ध आन्दोलन गरिसकेको कांग्रेसले ठुला सभा भने आयोजना गरेको छैन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निर्णय गरिसकेको अवस्थामा सर्वोच्च अदालतको फैसला कुरेर बस्न नहुने बताउनुहुन्छ । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘संविधानमा कहींकतै पनि संसद् विघटन गर्ने अधिकार छैन, कुनै पनि हालतमा संसद् पुनर्स्थापना गर्नुपर्छ, यसका लागि कांग्रेस सशक्त रुपमा लागिरहेको छ ।’

पार्टी सभापति देउवाले देखाएको मौनताका कारण पार्टीले घोषणा गरेको आन्दोलनको कार्यक्रमसमेत प्रभावकारीरुपमा अगाडि बढ्न नसकेको आरोप पौडेल पक्षले लगाएको छ । संवैधानिक परिषद्मा कांग्रेसको तर्फबाट नियुक्ति पाएका व्यक्तिहरुको बारेमा समेत सभापति देउवाले कुनै पनि अभिव्यक्ति दिनुभएको छैन । पौडेल पक्षले भने असंवैधानिकरुपमा अध्यादेशमार्फत नियुक्ति गरिएका संवैधानिक निकायका पदाधिकारीलाई फिर्ता बोलाउनुपर्ने माग गरिरहेका छन् । नेपाली कांग्रेसका नेता गगन थापा असंवैधानिकरुपमा संसद् विघटन गरिएकाले संसद् पुनर्स्थापना गर्नुको अर्को विकल्पन नभएको बताउनहुन्छ । यो समाचार आजको  नेपाल समाचार पत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी