एक सय मेगावाटभन्दा बढी बिजुली खेर, भारतबाट दैनिक ५ सय मेगावाट आयात

काठमाडौँ, ५ फागुन । २५ मेगावाट सिंगटी खोला जलविद्युत् आयोजनाको निर्माण अघिल्लो फागुनमा सकिएको थियो । आयोजनाले अहिले विद्युत् उत्पादन गर्न सक्ने अवस्थामा भए पनि प्रसारण लाइन नपुग्दा बिजुली उत्पादन गरेको छैन ।

यस्तो समसया सिंगटी आयोजनाको मात्र होइन, मुलुकमा एक सय मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न सक्ने अवस्थामा पुगेका आयोजना पनि प्रसारण लाइनको पहुँदा नपुग्दा उत्पादन नगरी बसेका छन् । मुलुकमा भने भारतबाट दैनिक ५ सय मेगावाट बिजुली आयात भइरहेको छ ।

जलविद्युत आयोजनाका कार्यकारी निर्देशक गणेश कार्कीले समयमै प्राधिकरणले प्रसारण लाइन निर्माण नगर्दा जलविद्युत् क्षेत्रमा लगानी गरेको निजी व्यवसायी धराशयी हुने अवस्थामा पुगेको बताए । यो समाचार  आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले