अष्ट्रेलियामा ‘प्रवासी नेपाली एकता मञ्च’को बृहत् भेलाः मुख्यमन्त्री गुरुङले सम्बोधन गर्ने

काठमाडौँ, ४ फागुन । प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको आयोजनामा बृहत् भेला तथा भेटघाट कार्यक्रम हुने भएको छ ।

आगामी फेब्रुअरी २१ आइतवारको दिन सिड्नी रकडेल स्थित इन्द्रेणी फक्सन सेन्टरमा उक्त बृहत भेला तथा भेटघाट कार्यक्रम तय गरीएको उकता मञ्चका अध्यक्ष रमेश पाण्डेले जानकारी दिनुभयो । भेलालाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सम्बोधन गर्ने कार्यक्रम तय भएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । मुख्यमन्त्री गुरुङले नेपालको वर्तमान परिस्थिती, घटनाक्रम तथा गैरआवसीय नेपालीहरुको बारेमा नेपाल सरकार तथा प्रदेश सरकारले गरिरहेका कामहरुको बारेमा समेत जानकारी गराउने बताइएको छ ।

कार्यक्रममा अष्ट्रेलियामा वसोवास गर्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितीको लागि हार्दिक आमन्त्रण समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले