सांसद पहारीको नेतृत्वमा पोखराको इतिहासकै ठूलो ‘मोटरसाइकल र्याली’ हुने

पोखरा, ३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र आन्तरिक विवादका कारण फुटको अवस्था सिर्जना भई दुई धारमा अगाडी बढिरहेको समयमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाकाले आगामी १५ गते पोखराको इतिहासकै सवैभन्दा ठूलो बृहत् जनसभा तथा मोटरसाइकल र्याली हुने भएको छ ।

नेकपा गण्डकी प्रदेशको आयोजनामा आगामी १५ गते हुने विशाल जनसभाको तयारीलाई तिव्रता दिइएको छ । मुलुक हित, राष्ट्रिय स्वाधिनता, सार्वभौम सत्ताको रक्षा, जनताको तिव्र विकास प्रतिको चाहनालगायतका कुराहरुलाई पुरा गर्न वर्तमान समयमा एउटै माग केपी ओली नेतृत्वको पार्टी तथा मुलुक आवश्यक रहेको औंल्याउँदै प्रधानमन्त्री ओलीविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालले नेतृत्व गरेको समूहले फैलाएको भ्रमलाई चिर्न उक्त कार्यक्रम आयोजना गरिएको आयोजनकले जनाएको छ ।

सत्ता तथा कुर्सीको लागि आम नेपाली नेकपाका कार्यकर्ताको राजनीतिक भविष्यलाई अन्धकार बनाउँदै पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालले नेतृत्व गरेको समूहले मुलुकमा कालो बादल पोत्ने कार्य गरी रहेको उल्लेख गर्दै स्वरुप मोटरसाइकल र्याली, मार्चपास, विभिन्न प्रकारका प्रचारका गतिविधिलगायतका तयारी भइरहेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमलाई भव्य, सभ्य, अनुसाशित तवरले सम्पन्न गर्न नेकपाका केन्द्रीय सदस्य, गण्डकी प्रदेशका सांसद तथा पूर्वयुवा संघ नेपालका अध्यक्ष राजिव पहारीको संयोजकत्वमा प्रदेश स्तरिय स्वमसेव परिचालन कमिटीको बैठक आज वसेको छ । बैठकले १३ गते २ बजे बाइक र्याली, अमरसिंह चौरबाट गर्ने भएको छ । बाइक र्यालीमा कम्तिमा १० हजार वटा बाइकले अमरसिंह चोकबाट पोखरा परिक्रमा गर्ने भएको छ । प्रधानमन्त्री ओलीले फागुन १५ गते सम्बोधन गर्ने गण्डकी प्रदेश स्तरिय आमसभाको पूर्व तयारी स्वरुप मोटरसाइकल र्याली गर्न लागिएको हो । सांसद पहारीले मोटर साइकल निकाल्ने तयारी भएको भन्दै सहभागीताको लागि सम्पूर्णमा अपिल गर्नुभएको छ । त्यस्तै १४ गते सभागृहमा १०/१५ हजारभन्दा बढीको मार्चपास हुने स्वयंमसेवक परिचालन कमिटीका संयोजक पहारीले जानकारी दिनुभयो ।

आजको बैठकले ११ गते १२ बजे सभागृहमा वृहत् स्वयंसेवक भेला, १३ गते एेतिहासिक मोटरसाइकल र्याली अमरसिहचौर बाट २ बजे सुरु भएर पोखरा परिक्रमण गर्ने, १४ गते हजारौं संख्यामा पाचपार्स सभागृहबाट २ बजे सुरु हुने, ११ सय ११ जनाको परिचालन कमिटी हुने, २२ सय २२ जनाको स्वयंसेवक तथा सुरक्षा कमिटी हुने कार्यतालिका तयार गरेको छ । त्यस्तै स्वयंसेवक परिचालन समितिको सम्पर्क कार्यालयको स्थापना जिरो किमिमा गरेको छ । सम्बन्धीत जिल्लाको अध्यक्षतामा युवा, विद्यार्थी, खेलकुद समितिले जिल्ला स्तरिय आवश्यक तयारी गर्ने भएको छ ।

कार्यक्रममा बोल्दै सांसद पहारीले १५ गते हुने बृहत् जनसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तयारी भएको जानकारी गराउनुभयो । प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रममा लाखौंको जनसहभागिता उपस्थिती गराउने उहाँले दावी गर्नुभयो । त्यस्तै कार्यक्रमको दिन ११ वटा ठाउँहरुबाट कार्यक्रमको दिन जुलुश शुरु हुने जानकारी गराउँदै सांसद पहारीले कार्यक्रम स्थलमा सहभागिलाई मुस्कान सहितको सेवा, झण्डको व्यवस्थापन, सवारी व्इवस्थापन, पार्कीङ, कार्यक्रम सम्पन्न भएपश्चात फोहोर व्यवस्थापन वा सरसफाई गर्नेलगायतका आचार संहिताहरुको बारेमा जानकारी दिनुभयो ।

बैठकमा बोल्दै पहारीले प्रधानमन्त्रीले संसद भङ्ग गर्नु संबैधानिक कदम भएको भन्दै रास्ट्र,रास्ट्रियता र लोकतन्त्रको निम्ति निर्वाचन अपरिहार्य तत्व भएको बताउनुभयो । सांसद पहारीले हिम्मत भए प्रचण्ड माधब समूहलाई चुनाबमार्फत जनताबाट अनुमोदित हुन समेत चुनौती दिनुभयो । गण्डकी प्रदेशमा आगामी निर्वाचनमा प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको लाल किल्ला बनाउने समेत उहाँले उद्घोष गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।