छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

पोखरा, ३ फागुन । पोखरामा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पोखराको बुलौदी र हेम्जा याम्दीमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय कास्कीका अनुसार लेकसाइडबाट जिरो किलोमिटर तर्फ आउँदै गरेको ग १३ प ३९२५ नम्बरको मोटरसाइकल बुलौदीमा दुर्घटना हुदाँ स्याङ्जा फेदिखोला गाउँपालिका १ मट्टिखानका १९ वर्षीय विवेक क्षेत्रीको मृत्यु भएको छ ।

त्यस्तै, बुलौदीमा आज राति १ बजे भएको दुर्घटनामा मटिट्टाखानकै २५ वर्षीयय दिवश गुरुङ घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, पोखरा २५ याम्दीमा भएको सवारी दुर्घटनामा गम्भिर घाइते भएका स्याङ्जा पुतलीबजार नगरपालिका ९ लामागे घर भई पोखरा ९ नागढुङ्गा बस्ने ४० वर्षका श्रीकृष्ण भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ वैशाख  । जनता समाजवादी पार्टी नेपालले महाधिवेशनको एजेन्डा तय गर्न लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ । बालकुमारीस्थित

काठमाडौँ, १३ वैशाख । पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत रौतहटले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई

काठमाडौँ, १३ वैशाख । सर्वोच्च अदालतले टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त

काठमाडौँ, १३ वैशाख । नेकपा (एमाले)का नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका छन् । आज काठमाडौँमा