प्रम ओलीको प्रचण्ड–माधवलाई प्रश्नः राजनीति गर्नुहुन्छ कि ज्योतिसशास्त्र ?

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी ओलीले मुलुकलाई अस्थिरताको बाटोबाट जोगाउन प्रतिनिधिसभा विघटन गरिएको पुनः दोहोर्याउनुभएको छ ।

प्रधानमन्त्रीका तीनवर्षे कार्यकालको समीक्षाका लागि सिंहदरबारमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रको मुलमन्त्र नै निर्वाचन भएकाले निर्वाचनमा जानु नै वर्तमान समयको सवैभन्दा उत्तम उपाय भएको बताउनुभयो । जनताभन्दा माथि कोही नरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जनताको फैसलालाई आफुलाई मान्य हुने बताउनुभयो ।

जनताको जनमत लिनु लोकतान्त्रीक पद्धति रहेको उल्लेख गर्दै निर्वाचन हुँदै भनि विश्लेषण गर्ने पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाललाई राजनीति गर्नुहुन्छ कि ज्योतिसशास्त्र गर्नुहुन्छ ? भनि प्रश्न गर्नुभयो । आगामी बैशाखमा चुनाव हुनेमा ढुक्क हुन आग्रह गर्दै माधव–प्रचण्डलाई कुतर्क गरी जनतामा भ्रम नछर्न आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी