दुई वर्षभित्र अन्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह

काठमाडौँ, ३ फागुन । सरकारले भौतिक  पूर्वाधारका साथै मुलुकको  राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई  समेत  ध्यानमा राख्दै आउँदो दुई  वर्षभित्र अन्तरिक्षमा  आफ्नै भू–उपग्रह (स्याटेलाइट)  स्थापना  गर्ने  प्रक्रिया अगाडि  बढाएको छ । 

प्रधानमन्त्री  केपी  शर्मा  ओलीले  गत  माघ  १७  गते राजधानीमा आयाजित  एक  कार्यक्रमलाई सम्बोधन  गर्दै  सरकारले अन्तरिक्षमा  आफ्नै  भू–उपग्रह  स्थापना  गर्ने  उद्घोष  गरेका थिए ।  

भू–उपग्रह  स्थापनासँगै नेपालले सञ्चार क्षेत्रमा  नयाँ फड्को मार्ने  विश्वास  गरिएको छ । विदेशी  भू–उपग्रहको प्रयोग  मुलुकको राष्ट्रिय  सुरक्षाका लागि  समेत  संवेदनशील  हुने भएकाले सरकारले आफ्नै  भू–उपग्रह  स्थापना  गर्न  लागेको हो ।  

भू–उपग्रह  स्थापनाका  लागि सरकारले  भू–उपग्रह  नीति,  २०७७  समेत  ल्याइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

काठमाडौँ, १२ असोज । नेकपा एमाले संसदीय दलका उपनेता तथा सांसद पद्मा अर्यालले हालैको बाढी, पहिरो र डुबानले पुर्‍याएको क्षतिप्रति सरकारको

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले