नगर विकास कोषको ३३औं वार्षिकोत्सवः ‘समृद्ध नेपाल–सुखी नेपालीको सहयात्री’

काठमाडौँ, २ फागुन । जनताको तिव्र विकास प्रतिको चाहनालाई पुरा गर्न सरकारी तथा गैरसरकारी निकायहरु जोड तोडका साथ अगाडी बढिरहेका छन् । लामो समयदेखी विकास र समृद्धिको चाहनालाई पुरा गर्ने जिम्मेवारी वर्तमान समयको सरकार तथा मातहतका निकायहरुको महत्वपूर्ण रहेको छ । समृद्ध नेपाल सुखी नेपालीको महान् अभियानलाई सार्थकतामा पुर्याउन सरकार, विभिन्न सरकारी निकाय, गैरसरकारी संघसस्था तथा आम नेपाली जनताको उत्तीकै महत्वपूर्ण जिम्मेवारी रहेको छ ।

यसै क्रममा नगर विकास कोषले आज आफ्नो ३३औं वार्षिकोत्सव भव्य रुपमा मनाउँदै सम्पन्न गरेको छ । कोषको स्थापनाकालदेखी हालसम्मको अवधिलाई हेर्ने हो भने सानो पूँजीबाट शुरु गरिएको कोषले अन्यौलतालाई चिर्दै उत्कृष्ट काम गरेको छ । सहरी क्षेत्रको भौतिक पूर्वाधारको विकासलाई आत्मकेन्द्रीत रहेको कोषले विभिन्न आयोजनाको लागि सहुलियत दरमा ऋणको व्यवस्था गरी मुलुकभर सयौं आयोजनाहरु सञ्चालन गरिरहेको छ ।

विकसित मुलुकहरुले समेत सहुलियत दरमा ऋणको माध्यमबाट भौतिक विकास गर्ने गरेको छन् । यसकै फmलस्वरुप नगर विकास कोषको स्थापना गरिएको थियो । जसले नगरभित्र विभिन्न प्रकारका भौतिक संरचनाहरुको साथमा खानेपानी, ढललगायतका आयोजनाहरु निर्माणको लागि निश्चित समयको लागि, निश्चित प्रकृया पुरा गरी ऋणको व्यवस्था गर्ने गर्दछ । नेपालमा आएको व्यवस्था परिवर्तनसँगै व्यापकमात्रामा सुधारको बाटोमा अगाडी बढेको कोषले नेपालका धेरै नगरपालिकाहरुमा आयोजना सञ्चालन गरिरहेको छ । यसको साथै आफ्नो क्षेत्र विस्तार गर्दै साना तथा ठूला आयोजनाहरु गरी शहरकेन्द्रित रही आफ्नो जिम्मेवारी पुरा गर्दै आएको इतिहास साक्षी राख्न सफल भएको छ । कोषको लगानीमा शुरु भएका अधिकांश आयोजनाहरु दिगो, प्रभावकारी, स्थायीत्वसहित निर्धारित समयमा नै गुणस्तरिय तवरले निर्माण सम्पन्न हुने गरको छन् ।

कोषको ३३औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै सहरी विकास मन्त्री प्रभु साहले राज्यको सिमित पूँजीले मात्र विकास र समृद्धिको यात्रालाई लक्षीत विन्दुमा पुर्याउन नसकिने उल्लेख गर्दै कोषलाई अझ बढी शसक्त बनाउनुपर्नेमा जोड दिनुभयो । जनताको तिव्र विकास प्रतिका चाहना, माग र आवश्यकतालाई धान्न वर्तमान समयमा सरकारलेमात्र सम्भव नभएकाले नीजि तथा दातृ निकायको ऋणको अनिवार्य आवश्यकता रहेको औंल्याउँदै मन्त्री शाहले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन पूर्वाधार विकास अनिवार्य रहेको बताउनुभयो ।

ऋणको व्यवस्थापन गर्दा राष्ट्रिय स्वाधिनता, आत्मनिर्भरतालगायतका कुराहरुमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै मन्त्री शाहले दिगो विकास समृद्धिको आधार भएको बताउनुभयो । सरकारको दिगो विकासको लक्ष्य प्राप्तीको लागि कोषको भूमिका महत्वपूर्ण रहेको औंल्याउँदै मन्त्री साहले कोषको दायरालाई बढाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसील ज्ञवालीले कोषले कुनै पनि आयोजनोको निर्माणमात्र नभई सञ्चालन र व्यवस्थापनलाई समेत सुनिश्चित गरेकोमा खुसी व्यक्त गर्नुभयो । आयोजना सञ्चालन गर्न तीन वटै सरकारको सहकार्य अपरिहार्य रहेको औंल्याउँदै कार्यकारी अधिकृत ज्ञवालीले आयोजना सञ्चालनको लागि कानुनी तथा प्रकृयागत झन्झटलाई हटाउनुपर्नेमा जोड दिनुभयो । शुरुमा लगानी वापतको ऋण पछि तिर्न जनता तयार रहेको बताउँदै उहाँले संधियतालाई सफल बनाउन कोषले उपलब्ध गराउने ऋणको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले सहरी पूर्वाधार विकासमा दीर्घकालीन ऋण लगानीमार्फत विकासका लक्ष्य प्राप्त गर्न नगर विकास कोषले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्यन्जुले कोष मिसन र भिजन भएको सरकारको मातहतको एक महत्वपूर्ण अंग रहेको उल्लेख गर्दै नेपालका २९३ वटै नगरपालिकाका जनतालाई लक्षीत विकासको उपयोग गर्न पाउने गरी योजनावद्ध रुपमा अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । कोषको सहुलियत दरको ऋण सहयोगमा सञ्चालन गरिने आयोजनमा नगरपालिकाको साझेदारी हुनुपर्नेमा जोड दिँदै उहाँले विकासको लागि पूँजीको अभावमुक्त बनाउनुपर्नेमा जोड दिनुभयो । नगरपालिकाको जनताको माग र आवश्यकतालाई धान्नमात्रै करिव २३ खर्वभन्दा बढी वार्षिक रकम आवश्कता रहेको उल्लेख गर्दै उहाँले सरकारको वार्षिक बजेट भन्दा बढी नगरपालिकाका जनताको माग रहेको जानकारी गराउनुभयो । मन्त्रालय तथा मातहतका निकायहरुबीचको समन्यवन अभावका कारण आयोजनाहरु निर्धारित समयमा नै सम्पन्न हुन कठिनाई भइरहेकोले त्यसलाई समाधान गरी अगाडी बढ्नुपर्ने समेत उहाँले बताउनुभयो ।

सहरी विकास तथा भवन निर्माण विभाका महानिर्देशन नवराज प्याकुरेलले ६० प्रतिशतभन्दा बढी जनसंख्या बसोवार रहेको सहरी क्षेत्रलाई व्यवस्थापनलाई विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै कोषसँग विभागको साथ र सहकार्य निरन्तर रहने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक मिना श्रेष्ठले सहरी पूर्वाधार विकासमा कोषले महत्वपूर्ण भूमिका निर्वाह गरेकै कारण आयोजना दिगो र प्रभावकारी भएको बताउनुभयो । त्यस्तै कोषको नेतृत्वले गर्दा आयोजना निर्माणमा ढिलासुस्ती समेत कम भएकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषको विगतको वस्तुस्थिती, वर्तमानमा भइरहेको कामहरु तथा भविष्यका योजनाहरुको वारेमा विस्तृत विवरण प्रस्तुत गर्नुभयो । सवा नौ अर्व भन्दा बढी ऋण लगानी गरेको उल्लेख गर्दै उहाँले बजारमा हाल पनि ८ अर्व रुपैंया उठाउन बाँकी रहेको जानकारी गराउनुभयो ।

हाल कोषको तर्फबाट १२ सयभन्दा बढी आयोजनाहरु सञ्चालन भएको जानकारी गराउँदै उहाँले अझै पनि तीन सयभन्वा बढी आयोजनाहरुको मनिटरिङ कोषले नै गरिरहेको बताउनुभयो । नगर विकास कोषले ८३ वटा नगरपालिका तथा ९४ वटा खानेपानी टाउनहरुका कार्यहरु भइरहेको जानकारी गराउँदै उहाँले ऋण लगानीमा गरेको आयोजना दिगोपना र स्थायीत्व तथा प्रभावकारी भएको बताउनुभयो ।

उहाँले आगामी दिनमा कोषले आफ्नो क्षेत्रलाई विस्तार गर्दै सहरी पूर्वाधारको क्षेत्रमा मात्र नभई कृषी, खेलकुद, पूर्वधार, पर्यटनलगायतका क्षेत्रहरुमा समेत लगानी गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो । कोषले वित्तिय क्षेत्रमा नेपाल सरकारलाई ठूलो मात्रामा सहयोग गर्ने भएकाले मन्त्रालयले आवश्यक व्यवस्थापनलाई जोड दिनुपर्नेमा औंल्याउँदै उहाँले विगतका नेतृत्वले सहरी पूर्वाधार विकास बैंकको रुपमा अगाडी बढाउने योजना ल्याएको र त्यसलाई मुर्त रुप दिन हाल सहरी विकास पूर्वाधार निगमको रुपमा विकास गर्ने गरी ऐन बन्ने क्रममा रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)