सभापति देउवाद्वारा आन्दोलनमा सहभागी हुन आव्हान

काठमाडौँ, २ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार देशभर हुने प्रदर्शनमा सहभागी हुन आव्हान गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले उक्त प्रदर्शनमा सहभागी हुन आव्हान गरेका हुन् । कांग्रेस केन्द्रीय समितिको पूर्व निर्धारिता कार्यक्रम अनुसार सोमबार ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन हुँदैछ । सभापति देउवाले विगतका आन्दोलन कार्यक्रममा झै घर-घरबाट प्रदर्शनमा सहभागि जनाउन आग्रह गरेका हुन् ।

सोमबार हुने प्रदर्शनअन्तर्गत सभापति देउवाले रुपन्देही, वरिष्ठ नेता रामचन्द्र पौडेलले धादिङ, उपसभापति विमलेन्द्र निधिले सप्तरी, महामन्त्री डा.शशांक कोइरालाले दाङ, पूर्व महामन्त्री प्रकाशमान सिंहले कास्की, पूर्व महामन्त्री कृष्ण सिटौंलाले झापा, नेताहरु डा. रामशरण महतले काभ्रे, अर्जुननरसिंह केसीले काठमाडौं, डा.मिनेन्द्र रिजालले प्यूठान, गगन थापाले चितवन, प्रदीप पौडेलले दैले, गुरुराज घिमिरेले दोलखालगायतका जिल्लामा सम्बोधन गर्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका