काठमाडौँ, २ फागुन । साउथ इन्डियन सुपर स्टार प्रभासको बहुप्रतिक्षित चलचित्र ‘राधे श्याम’ टिमले प्रणय दिवसको अवसरमा मितिसहितको टिजर सार्वजनिक गरेको छ ।
निर्माण टिमले यो लामो प्रतीक्षालाई तोड्दै उक्त फिल्म यहि जुलाई ३० मा रिलिज हुने घोषणा गरेका छन् ।
चलचित्रका मुख्य कलाकार प्रभास आफैंले पनि इन्स्टाग्राममार्फत चलचित्रको टिजर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् । भिडियो सेयर गर्दै प्रभासले क्याप्सनमा मायाको दिन आरएसको झलक हेरेर मनाऔं भन्दै लेखेका छन् ।