कांग्रेस र मालेका दुई नेता प्रम ओली नेतृत्वको नेकपामा प्रवेश

बुटवल, २ फागुन । नेपाली कांग्रेस माहाधिवेशन प्रतिनिधि तथा दाङ जिल्ला कमिटी सदस्य भेषराज खत्री प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा ओलीपक्षीय नेकपाका इन्चार्ज शंकर पोखरेलले खत्रीलाई आइतवार खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

May be an image of 6 people, people standing, people sitting and indoor

त्यस्तै नेकपा मालेको केन्द्रीय सदस्य लीला विक पनि माले परित्याग गरी नेकपामा प्रवेश गरेको छ ।उक्त पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सुजिता शाक्य, शान्ता चौधरी, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीसमेत उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)