इन्टरनेटमा ‘कन्टेन्ट फिल्टरिङ’को तयारी

काठमाडौँ, २ फागुन । इन्टरनेटमा अश्लील र भ्रामक सामग्री नियमन गर्ने उद्देश्यसहित सरकारले कन्टेन्ट फिल्टरिङ प्रणाली राख्ने भएको छ ।

यस्ता सामग्रीले समाजमा नकारात्मक असर पार्ने भएकाले प्रणाली राख्ने विषयमा अध्ययन भइरहेको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताए ।

उनका अनुसार चालू आर्थिक वर्षको वार्षिक कार्यक्रममै उक्त प्रणालीका लागि प्रक्रिया सुरु गर्ने प्राधिकरणको तयारी छ ।

प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले शनिबार आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले यसका लागि नेपाल भित्रिने ब्यान्डविथ ट्राफिकको अध्ययन भइरहेको जानकारी दिए । “कुनै व्यक्ति वा संस्थाको सामग्रीलाई नियन्त्रण गर्ने यसको उद्देश्य भने होइन,” उनले भने । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । यातायात व्यवसायीले आइतबार सरकालाई चाबी हस्तान्तरण गरेका छन् । विभिन्न सातबुँदे माग राख्दै सार्वजनिक यातायात व्यवसायी

काठमाडौँ, १० साउन । एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल समूहमा लागेर आफ्नो राजनीतिक भविष्य सखाप नपार्ने उक्त समूहका नेता

गुल्मी, १० साउन । नेकपा एमालेका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनसँग देश र जनताको हितमा काम गर्ने एजेण्डा

काठमाडौँ, १० साउन । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बदनाम गराउन सक्रिय रहेका व्यक्तिले नक्कली फेसबुक र ट्विटरमार्फत  अनेकथरि