झाँक्रीलाई नेता अधिकारीको खुल्ला चुनौतीः ‘तपाईलाई चुनावमा हराउन म नै काफी छु’

काठमाडौँ, १ फागुन । राष्ट्रपति तथा प्रधानमन्त्रीलाई सार्वजनिक रुपमा अपमानित तथा व्यक्तिगत चरित्रलाई नै हत्या गर्ने गरी अभिव्यक्ति दिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृ रामकुमारी झाँक्री एक पछि अर्को गर्दै विवादित हुनुभएको छ । झाँक्री विवादित मात्र नभई कानुनको नजरमा समेत पर्नुभएको छ । झाँक्रीलाई प्रहरीले पक्राउ गरी लिखित रुपमा नै माफि मागेपछि छुट्नुभएको छ ।

गैरसंवैधानिक रुपमा अभिव्यक्ति दिई केही सानो आफ्नो झुण्डलाई साथमा राखी अराजकतातिर मोडिनुभएकी नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई चुनावमा लड्न आग्रह गर्नुभएको थियो । झाँक्रीले राष्ट्रपति भण्डारीलाई हराउन सामान्य नेकपाका कार्यकर्ता नै काफि रहेको उद्घोष गर्नुभएको थियो । त्यती मात्र नभई झाँक्रीले राष्ट्रपति भण्डारीलाई एकल महिला भएकै कारण अपमानित समेत गर्नुभएको थियो । झाँक्रीले राष्ट्रपति भण्डारीलाई सेतो सारीमा चुनाव जिताउनु नै दुर्भाग्य भएको बताउनुभएको थियो ।

झाँक्रीले राष्ट्रपति भण्डारीको व्यक्तिगत जीवनलाई समेत कोलो दाग लाग्ने गरी प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नीजि निवास बालकोट गएर बसे हुन्छ भनि गैर संवैधानिक तथा तुच्छ शब्द प्रयोग गरी वाक स्वतन्त्रताको नै खिलाप गर्नुभएको थियो । जसले गर्दा झाँक्रीलाई स्वेदश तथा विदेशका राष्ट्रवादी नेपालीले चर्को स्वरमा विरोध गरिरहेका छन् । राष्ट्रवादी नेपाली जनताले वाक स्वतन्त्रताको नाममा नेतृ झाँक्रीले समाजलाई दुसित बनाउने घृणित कार्य गरेको भन्दै समाजिक सञ्जालमा आक्रोस समेत जनाइरहेका छन् ।

इतिहासमा नै पहिलो पटक समानुपातिक सांसद बन्नुभएकी नेतृ झाँक्रीले हालसम्म कुनै पनि निर्वाचनमा विजय हासिल गर्न सक्नुभएको छैन । व्यवस्था परिवर्तन भएसँगै समानुपातीक कोटामा टिका लगाई सांसद बन्नुभएकी नेतृ झाँक्रीको अभिव्यक्तिलाई नेकपा धादिङका युवा नेता ध्रुव अधिकारीले कडा रुपमा प्रतिवाद गर्नुभएको छ ।

वाक स्वतन्त्रताको नाममा समाजलाई खराव बाटोमा डोर्याउन खोजेको भन्दै युवा नेता अधिकारीले एभरेष्ट मिसनसँग कुरा गर्दै नेतृ झाँक्रीको विगत, वर्तमानका हविगतहरु समेत जनताको माझमा लैजाने चेतावनी दिनुभयो । नेता अधिकारीले भन्नुभयो, ‘राष्ट्रपतिलाई असंवैधानिक शब्दहरु प्रयोग गरी अपमान गर्नेलाई हामी नेपाली राष्ट्रवादी आम युवाहरुले खुमलटार तथा कोटेश्वर गएर …. को घरमा गएर बस भन्यौं भने के हुन्छ ? उहाँको घरपरिवार, आफन्त तथा नजिकका मान्छेले के भन्छन् ? यो कुरा सोच्नुभएको छ ? व्यक्तिगत जीवन आ–आफ्नो हुन्छ, कसैको जीवनलाई तहसनहस बनाउन खोज्ने अधिकार उहाँलाई कसले दियो ? राष्ट्रपति विद्यादेवी भण्डारी बालकोट गएर बसे हुन्छ भन्नुको अर्थ के हो ? यसको जवाफ दिनुपर्छ ।’

नेतृ झाँक्री नेपाली जनताबाट निर्वाचित भएको नभई टिका लगाएर सांसद भएको स्मरण गराउँदै नेता अधिकारीले इतिहासमा कहिले निर्वाचन लडि जनताबाट निर्वाचित हुनुभएको छ, झाँक्री जी ? भनि प्रश्न समेत गर्नुभयो । नेतृ झाँक्रीले आफ्नो जीवन कालमा एक पटक पनि जनताबाट अनुमोदित नभएको व्यक्तिले धेरै पटक जनताबाट निर्वाचित राष्ट्रपति माथि गंभिर आरोप लगाउनु लज्जास्पद भएको उल्लेख गर्दै नेता अधिकारीले आगामी निर्वाचनमा झाँक्री नेपालको जुनसुकै ठाउँ वा निर्वाचन क्षेत्रबाट उठे पनि हार्ने निश्चित भएको बताउनुभयो । उहाँले झाँक्री जुन ठाउँबाट उठ्ने हो त्यही ठाउँबाट आफै प्रतिष्पर्धा गरेर सहजै रुपमा हराउने समेत स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपति विद्यादेवी भण्डारी नेपालको संक्रमणकालीन अवस्थामा समेत जनताबाट धेरै पटक निर्वाचित भई नेपाली जनताको मन मुटुमा बस्न सफल हुनुभएको छ । राष्ट्रपति भण्डारी टिका लगाएर र मदन भण्डारीको श्रीमती भएकै भरमा अहिलेको अवस्थामा आइपुग्नुभएको हैन । उहाँको गर्विलो इतिहास साक्षी छ । इतिहास साक्षी हुँदा हुँदै झाँक्रीले अनावश्यक टिप्पणी गर्नु लज्जास्पद कुरा हो । उहाँले आफ्नो अनुहार एक पटक ऐनामा हेरे हुन्छ । आफ्नो विगत र वर्तमान के हो भनि । म यती कुरा दावाका साथ भन्छु, रामकुमारी झाँक्री नेपालको जुनसुकै ठाउँबाट उठेपनि राष्ट्रपति विद्यादेवी भण्डारी हैन, म आफै काफी छु । तपाई जहाँ भिड्नुहुन्छ म त्यही गएर भिड्न तयार छु । शतप्रतिशत विजय हासिल गर्छु । झाँक्रीलाई सहजै रुपमा हराउँछु । प्रतिस्पर्धा गर्ने हिम्मत छ भने तयार रहुनस् झाँक्री जी ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।