निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि छाड्दैनौँ : प्रम ओली

बुटवल, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्यारा छिट्टै पक्राउ पर्ने बताउनुभएको छ ।

बुटवलमा भएको आमसभामा ओलीले निर्मला र भागरथीको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई कुनै हालतमा पनि पक्राउ गरेरै छाड्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हत्यारालाई पानी मुनि गए पनि छोडिने छैन, विश्वका कुनै पनि कुनामा भागेर गएको भए पनि छाडिने छैन, केहि समयभित्रै हत्याराहरु पक्राउ पर्नेछन् ।’

हत्याराहरु दुईरचार दिन भागे पनि एक वर्ष कतै लुके पनि पक्राउ गरेरै छाड्ने र उनीहरुको सजाय नघट्ने प्रधानमन्त्री ओलीको दाबी छ ।

प्रधानमन्त्री ओलीले आउने बैशाख महिनामा हुने चुनावमा नेकपाले ५० लाख मत गनेर ल्याउने बताउनुभयो । प्रधानमन्त्री ओलीले जनसमर्थन छ भन्नेलाई चुनावमा आउन सुझाव दिनुभयो । उहाँले प्रत्यक्ष तर्फ  नेकपाले बहुमत ल्याएर देखाउने पनि दाबी गर्नुभयो । ‘त्यसबाट घटाएर देखाउनुस् न’, विपक्षीलाई ओलीले चेतावनी दिनुभयो ।

अब कतै नअल्मिएर सोझै जनमतमा जानु पर्ने प्रधानमन्त्रीले बताउनुभयो । कसका कति मान्छे छन् भन्ने कुरा मतपत्र गनेरै हेर्ने उहाँले बताउनुभयो । उहाँले बैशाखमा हुने निर्वाचनलाई कसैले रोक्न नसक्ने बताउनुभयो । निर्वाचन तोकिएकै दिनमा हुने उहाँले प्रष्ट पार्नुभयो ।

कुन पार्टी आधिकारिक र सूर्य चिन्ह कसको भन्ने विषयमा छलफल गर्न आवश्यक नै नभएको उहाँको भनाइ छ । सूर्य चिन्ह नेकपाले दर्ता गरेकोले यो कसको हो भन्ने प्रश्न गर्ने ठाउँ नै नभएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले