मदन भण्डारी फाउण्डेशनको आयोजनामा प्रदेश स्तरीय पत्रकार प्रशिक्षण सुरु

ललितपुर, १ फागुन । मदन भण्डारी फाउण्डेशन केन्द्रद्वारा आयोजित ७ दिने पत्रकार प्रशिक्षण तालिम ललितपुरमा सुरु भएको छ ।

ललितपुरको जावलाखेलमा आजबाट सुरु भएको तालिममा पहिलो चरणमा ललितपुर, भक्तपुर र काभ्रेका गरी २८ जना प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिइने फाउन्डेसनकी सचिव पेम्बा लामाले जानकारी दिनुभयो । फाउण्डेशनले क्रमिकरुपमा बागमती प्रदेशका १३ जिल्लाका युवाहरुलाई पत्रकारिता तालिम दिने छ। बागमती प्रदेसका काठमाडौँ, ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, धादिंङ्ग, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन र दोलखा जिल्लाका प्रत्येक स्थानीय तहबाट २० देखि २५ वर्ष उमेर समुहका युवाहरुलाई आधारभूत पत्रकारिता तालिम प्रदान गरिने फाउन्डेशनका केन्दीय सचिव लामाले बताउनुभयो ।

तालिमको सुभारम्भ कार्यक्रमको संचालन तथा सहजीकरण गर्नुहुँदै मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सचिव लामाले समाजलाई सुसूचित गर्नका लागि दक्ष पत्रकार उत्पादन आजको आवश्यकता भएको बताउनुहुँदै तालिमले प्रशिक्षार्थीहरूको व्यवसायीक दक्षता अभिवृद्धि गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा फाउण्डेशनका केन्द्रीय कोषाध्यक्ष चिन्तमनी भट्टराई र बाग्मती प्रदेश सांसद दीपक निरौला लगायतको उपस्थित थियो ।

काठमाडौँको सबै स्थानीय तहमा फाउण्डेशनले तालिम सम्पन्न गरे पश्चात् आजबाट बाग्मती प्रदेश स्तरीय प्रशिक्षण तालिम सुरु भएको हो । उक्त तालिममा सहभागीहरुलाई पत्रकारिताको परिचय, लेखन, फोटो पत्रकारिता, अनलाइन पत्रकारिता, स्थानीय तहमा नीति निर्माण र सुशासन जस्ता विषयहरुमा प्रशिक्षण प्रदान गरिने छ ।

तालिममा प्रशिक्षकहरू अमरध्वज तामाङ, सोम राई, डा. कुन्दन अर्याल, प्रकाश सिलवाल, शिव कुमारी गोतामे, मिलन धरेल, महेन्द्र श्रेष्ठ, कविता थापा, सुरज अधिकारी, अधिवक्ता विष्णु माया भुसाल, यशोधा अधिकारी, गोपाल खनाल, आशिष पौडेल, सुशील प्याकुरेल, राम शरण प्याकुरेल, घनश्याम कोइराला, जितेन्द्र श्रेष्ठ, कृष्ण राई, पुण्य पुडासैनी, फुलमान बल, डा. भेष राज अधिकारी, गोकुल घर्ती, खेम लोहोनी, प्रा.डा. प्रेमसागर चापागाईँ, विमल पोखरेल, राम शरण प्याकुरेल, महेन्द्र विष्ट लगायतले प्रशिक्षण दिनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल

काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको

काठमाडौँ, २१ साउन । केही दिन अघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भूमि समस्या समाधान आयोगलाई विघटन गरेसँगै आन्दोलनमा उत्रिएका

काठमाडौँ, २१ साउन । थप ३ हजार ९ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख