जनयुद्ध दिवसकै दिन पूर्वजनमुक्ति सेनाद्वारा प्रचण्डसँग ‘सम्बन्ध बिच्छेद’

रुपन्देही, १ फागुन । माओवादी जनयुद्धको २६ औं वर्ष पुगेकै दिन प्रचण्डको आह्वानमा युद्ध लडेका माओवादी ‘जनमुक्ति सेना’को एउटा समूहले प्रचण्डसँगको सम्बन्ध बिच्छेद गरेको छ ।

बुटवलमा जारी पूर्व जनमुक्ति सेनाको राष्ट्रिय भेलाले केपी ओली नेतृत्वको नेकपालाई साथ दिने निर्णय गर्दैछ । फागुन १ गते जनयुद्ध दिवस स्थापना दिवसको दिन पारेर माओवादी जनयुद्धकालमा गठित जनमुक्ति सेनाको राष्ट्रिय भेला बुटवलमा शुरु भएको हो । भेलामा देशभरका करिब ६ सय पूर्वलडाकु सहभागी छन् ।

गणतन्त्रका जिउँदो शहिदलाई जनयुद्धका कमाण्डर पुष्पकमल दाहालले पटक पटक धोका दिएको र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना माग सम्बोधन गर्ने प्रतिवद्धता गरेकाले आफ्नो भेलापछि ओलीको सभामा सहभागी हुने भएको छ ।

ठाउँ-ठाउँमा यो भेलामा आउनेलाई प्रचण्ड समूहले रोक लगाएको उनीहरूले गुनासो गरेका छन् । ‘पश्चिमका सबै क्षेत्रहरुबाट प्रचण्ड समूहको अवरोध छलेर धेरै साथीहरु आउनुभयो, पूर्वमा रोक्ने काम भएको छ, यसको जवाफ हामीले पनि दिन जानेका छौं- पूर्वजनमुक्ति सेनाका संयोजक तथा छैंठौं डिभिजन कमाण्डर दुर्गा चौधरी सन्तोषले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० साउन । मोटरसाइकल दुर्घटनामा परेर ज्यान गुमाएका युवकको पहिचान खुलेको छ । मृतक प्यूठान जिल्लाको सरुमा रानी गाउँपालिका

धादिङ, १० साउन । १० दिनदेखि हराइरहेकी युवतीको शव फेला परेको छ । आइतबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ८

काठमाडौँ, १० साउन । एउटै औषधि कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो– जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख

काठमाडौँ, १० साउन । अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे । सिरहा जिल्लाको लहान नगरपालिका–२३ तिलबोना गाउँका