काठमाडौँ, १ फागुन । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।
पहिलो खेलमा नेपाल आर्मी क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १२ बजे सुरु हुनेछ । यस्तै दिउँसो ३ बजे हुने अर्को खेलमा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिका उदयपुरबीच प्रतिस्पर्धा हुनेछ ।





