आयोगमाथि दबाब बढ्दै

काठमाडौँ, २९ माघ । राजनीतिकरुपमा विभाजित नेकपाको दुवै पक्षले आफु नै आधिकारिक रहेको दाबी गर्दै निर्वाचन आयोगमा दबाब बढाउँदै लगेका छन् ।

नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आफ्नो पक्ष नै नेकपाको आधिकारिक रहेको दाबी गर्दै आयोगमा निवेदन दिइसकेपछि आयोगले त्यसबारे अध्ययन गरिरहेको छ । यस अवस्थामा दुवै पक्षले आफँहरु नै नेकपाको आधिकारिक रहेको जिकिर गर्दै आयोगलाई प्रत्यक्ष र परोक्षरुपमा दबाब बढाउँदै लगेका हुन् ।

नेकपाका प्रचण्ड र नेपाल पक्षले आयोगमा पुगेर आफ्नो पक्ष नै आधिकारिक रहेको बताउँदै आएको छ । माघ २० गते आफ्नो पक्ष नै आधिकारिक रहेको जिकिर गर्दै नेकपाका प्रचण्ड, नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितको टोली आयोग पुगेको थियो । उहाँहरुले केन्द्रीय कमिटीको दुई तिहाइ बहुमत आफ्नो पक्षमा भएकाले आधिकारिक पार्टी आफँहरू नै भएको जिकिर गर्दै अन्यथा नगर्न आग्रह गर्दै आउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि मंगलबार आयोग पुगेर मनौवैज्ञानिक दबाब दिन शुरु गर्नुभएको छ । प्रधानमन्त्री ओलीले त पार्टी दुइटा पक्षमा विभाजित भएको कुरालाई अस्वीकार गर्दै २०७५ साल जेठ ३ गते एकीकृत भएको पार्टीको अध्यक्ष आफु रहेको र पार्टीमा कुनै परिवर्तन नआएको आयुक्तसँग दाबी गर्नुभयो ।

पार्टी अध्यक्षको निर्देशनमा महासचिवले मात्र बैठक बोलाउन सक्ने भएकाले अरू कसैले गरेको बैठक र त्यसले गरेको निर्णयको कुनै अर्थ नरहेको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक आयुक्तले बताए ।

यसैबीच बुधबार राजधानीमा आयोजित प्रचण्ड र माधव पक्षको सभामा प्रधानमन्त्री ओली आयोग पुग्नुभएको घटनालाई लिएर आयोगलाई धम्क्याएको आरोप लगाइएको छ । सो अवसरमा नेकपा प्रचण्ड पक्षका अध्यक्ष माधवकुमार नेपालले पार्टीको विधान, दस्ताबेज, सकुर्लर र निर्णय हेर्न आग्रह गर्दै उहाँले त्यसमा पनि शंका छ भने ४ सय ४१ लाई बोलाएर एकएक व्यक्तिको टाउको गने हुने बताउनुभयो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० साउन । मोटरसाइकल दुर्घटनामा परेर ज्यान गुमाएका युवकको पहिचान खुलेको छ । मृतक प्यूठान जिल्लाको सरुमा रानी गाउँपालिका

धादिङ, १० साउन । १० दिनदेखि हराइरहेकी युवतीको शव फेला परेको छ । आइतबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ८

काठमाडौँ, १० साउन । एउटै औषधि कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो– जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख

काठमाडौँ, १० साउन । अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे । सिरहा जिल्लाको लहान नगरपालिका–२३ तिलबोना गाउँका