प्राविधिक शिक्षाको नाममा करोडौँ घोटाला

काठमाडौँ, २९ माघ । प्रदेश २ मा प्राविधिक शिक्षाको नाममा सामाजिक विकास मन्त्रालयद्वारा करोडौँ रकम घोटाला गरेको छ । कुनै पनि कार्यक्रम सञ्चालन गरिँदा त्यसको सार्वजनिक सूचना वा आवेदन आह्वान गर्नुपर्ने हुन्छ । तर, प्राविधिक शिक्षा सञ्चालनका लागि भन्दै सामाजिक विकास मन्त्रालयद्वारा सोझै प्रदेशका आठ जिल्लाका ६४ विद्यालयलाई छनौट गरी रकम बाँडिएको छ ।

प्रतिविद्यालय २५ लाख रुपैयाँका दरले १६ करोड रुपैयाँ विभिन्न शीर्षकमा भुक्तानीसमेत गरियो । तर, भुक्तानी गरिएको रकम उल्लेखित भएको शीर्षकमा खर्च भए नभएको अनुगमन समेत नगरी विद्यालयबाट कमिसन पाएकै आधारमा निकासा गरिएको कर्मचारी बताउँछन् ।

सीप विकास तथा जनचेतना तालिममा १८ महिने वा सोभन्दा बढीको टीएसएलसी प्रोगामअन्तरगत कम्युटर, कृषि, पशु, स्वास्थ्य लगायत अध्ययन गराउने प्राविधिक विद्यालयले अनुदान पाउनुपर्ने हो । तर, प्राविधिक शिक्षा अध्यापनको स्वीकृतिसमेत प्राप्त नगरेका विद्यालयलाई मनमौजी रकम बाँडिएको सम्बन्धित कर्मचारीले नै जानकारी गराएका छन् । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङलाई ‘रेड कार्पेट’ र सैन्य ‘फ्लाईओभर’सहित स्वागत गरेसँगै सीको तीनदिने

एजेन्सी, ७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग राम्रो वार्ता भएको बताएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभाका क्रममा पत्रकारहरूसँग

अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले

एजेन्सी, ७ असोज । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँग ‘ऊर्जा युद्धविराम’ (इनर्जी सिजफायर) का विषयमा वार्ता गर्न युक्रेन खुला रहेको बताएका