ललिता निवास प्रकरणका मुख्य अभियुक्त ढकाललाई थुनामा पठाउन आदेश

काठमाडौँ, २८ माघ । बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य अभियुक्त डा. शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल विरुद्ध ३९ करोड २८ लाख बिगो मागदाबी सहित २२ माघ २०७६ मा मुद्दा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्धालाई बुधबार न्यायाधीशहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिनुभयो ।

ललिता निवास जग्गा प्रकरणमै ढकालकी पत्नी उमाकुमारीलाई विशेष अदालतबाट धरौटीमा रिहा हुनुभएको छ । उहाँसँग अख्तियारले ९१ लाख भन्दा बढी बिगो मागदाबी गरेको छ । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा बनेको छानबिन समितिले उहाँको नामै किटेर कारबाही गर्नुपर्ने सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल

काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको

काठमाडौँ, २१ साउन । केही दिन अघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भूमि समस्या समाधान आयोगलाई विघटन गरेसँगै आन्दोलनमा उत्रिएका

काठमाडौँ, २१ साउन । थप ३ हजार ९ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख