विना पूर्वागह सत्य र तथ्यका आधारमा काम गर्ने प्रमुख आयुक्त राईको प्रतिवद्धता

काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले विना पूर्वागह सत्य र तथ्यका आधारमा काम गर्ने समेत प्रतिवद्धता जाहेर गरेका छन् ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औ वार्षिकोत्सव तथा स्थापना दिवसको अबसरमा प्रमुख आयुक्त राईले सामाजिक क्षेत्रमा हुने अनियमितता तथा भ्रष्टचार नियन्त्रणमा ठीक ३० वर्ष अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन भएको भन्दै स्वायत संस्थाको रुपमा विना पूर्वागह सत्य र तथ्यका आधारमा काम गर्ने समेत प्रतिवद्धता जाहेर गरेका हुन् ।

उनले राजनीतिक परिवर्तनसँगै क्रमशः विकास, निर्माण तथा सुधारका कामहरु अघि बढिरहेपनि तथा आर्थिक तथा सामाजिक क्षेत्र सुधार उन्मुख रहेपनि अझैं भ्रष्टाचार तथा अनियमितताका घटनाहरु नरोकिएको भन्दै यो नै मुलुक विकासको प्रमुख चुनौंती भएको राईको भनाइ छ ।

प्रमुख आयुक्त राईले सरकारी, सार्वजनिक जमीन अतिक्रमण गर्ने जोकोहीलाई अनुसन्धान गरेर कारबाहीको दायरमा ल्याउने बताएका छन् ।

सरकारी सार्वजनिक जमिन अतिक्रमण गर्ने, खोला-खोल्सा तथा पर्ति जमीन ओगट्ने कार्य सह्य हुने छैन,’ प्रमुख आयुक्त राईले भने, ‘सार्वजनिक पदाधिकारी वा उनीहरू जोडिएका जोसुकैलाई अनुसन्धान गर्ने र रोक्ने कार्य आयोगको प्राथमिकतमा रहने छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्