प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता आजदेखि सञ्चालन हुने

चितवन, २८ माघ । चितवन जिल्ला ब्याडमिन्टन सङ्घ र हरिलाला धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा योनेक्स सन्राइज प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आजदेखि फागुन १ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । 
 
चितवन जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष भरत मल्लका अनुसार प्रतियोगितामा देशभरका ३०० खेलाडीहरू आठ विधाका लागि सहभागी हुने छन् । भरतपुरको कभडहलमा हुने प्रतियोगितामा प्रथम हनेलाई रु एक लाख १५ हजार, दोस्रो हुनेलाई रु ५५ हजार र तेस्रो हुनेलाई रु १५ हजार नगद, ट्रफी र सम्मानपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १७ वर्षदेखि ४५ वर्ष उमेर समूहका खेलाडीले सहभागिता जनाउँदै छन् । राष्ट्रियस्तरका खेलाडीको समेत सहभागिता जनाउने मल्लले जानकारी दिनुभयो । प्रतियोगिताको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मंगलबार  यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगिता सम्पन्न गर्न रु आठ लाख १९ हजार खर्च लाग्ने जनाइएको छ ।  रासस 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र