सीमा सुरक्षा : एकीकृत संयन्त्र बनाएर अगाडि बढ्ने गरी सुझावसहितको प्रस्ताव

काठमाडौँ, २८ माघ । नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षामा एकीकृत समन्वयको अभाव भएकाले नै सीमासम्बन्धी समस्या जटिल बन्दै  गएको बहस विज्ञहरूबीच जारी रहेका बेला ती निकायले एकीकृत संयन्त्र बनाएर अगाडि बढ्नेगरी सुझावसहितको प्रस्ताव तयारी गरेका छन् । प्रस्ताव तयार भएपछि सरकारलाई बुझाइने छ ।

छमेकी मुलुक भारतसँग जोडिएका कालापानी, लिपुलेक, लिम्पियाधुरामा सबैभन्दा जटिल  समस्या देखिएको छ । त्यस विषयमा भारतसँग वार्ता गर्ने पहल पनि सरकारले  गरिरहेको  छ । आगामी दिनमा वार्तालाई समेत प्रभावकारी बनाउने गरी सीमा सुरक्षा र व्यवस्थापनमा सम्बद्ध सबै निकायलेसीमा सुरक्षा र व्यवस्थापनमा एक्लाएक्लै काम गर्नुभन्दा पनि एकीकृतरूपमा सँगसँगै मिलेर अगाडि बढ्नका लागि संयन्त्र निर्माण गर्न लागिएको हो  ।

नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरूबीच समन्वयका क्षेत्रहरू विषयक दुई दिने सम्मेलनपछि सहभागी सबै निकायले  आफ्नो भूमिका स्पष्ट हुने गरी एकीकृत संयन्त्र गठन गर्ने, समन्वय र  सहकार्यात्मक रूपमा सीमा सुरक्षा र व्यवस्थापनमा सक्रिय र हुन सकिने निक्र्योल गरेर त्यस्तो  सुझावसहितको  प्रस्ताव तयार गर्न लागिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्