कोसी नहर : भारतले छोडेन पानी, किसानलाई हिउँदे बाली लगाउन समस्या

File Photo

काठमाडौँ, २८ माघ । गहुँको मौसममा नहरमा पानी नदिँदा किसानलाई हिउँदे बाली लगाउन समस्या भएको छ । सप्तरीको चन्द्र र कोसी पश्चिमी नहरमा पानी नछोड्दा किसानलाई बालीमा लगाउन समस्या भएको हो । खेतमा लगाएको गहुँबाली पानी अभावले डढ्दै गएको छ ।

यस वर्ष हिउँदे वर्षा नभएकाले गहुँ खेतीमा पानी लगाउन नपाएर किसान पीडित भएका छन् । नेपाल र भारत दुवैतर्फको किसानलाई सिँचाइमा सुविधा पु-याउने उद्देश्यले कोसी ब्यारेजबाट पूर्वी र पश्चिमी कोसी गरी दुईवटा नहर छन् । भारततर्फ जाने पूर्वी नहरमा पानी छोडिएको छ र नेपालतर्फ रहेको पश्चिमी नहरमा पानी नछोडिएको कारण सप्तरीका किसानलाई मार्का परेको हो ।

ब्यारेजदेखि सप्तरीको डाक्नेश्वरी नगरपालिका– ६, कटैयासम्मको ३२ किलोमिटर नेपाली भूमि हुँदै यो नहर भारत छिरेको छ । नेपालतर्फको ३२ किलोमिटरको यो भूमिमा सयौँ किसानले हजारौँ बिघा जग्गामा अन्नबाली लगाउने गर्छन् । योसँग जोडिएका १२ वटा छोटी नहर पनि छन् । छोटी नहरमार्फत केही टाढाका किसान पनि सिँचाइबाट लाभान्वित हुने गर्छन् । पूर्वी नहरमा हालिएको पानीबाट नेपालीलाई कुनै फाइदा छैन ।

यो नहर झन्डै एक किलोमिटर नेपाली भूमिमा छ भने बाँकी सबै भारतीय भूमिमा छ । नेपालको एक किलोमिटर क्षेत्रमा खेतीयोग्य जमिन नै छैन । यो नहरको पानीले भारतीय किसानले मात्रै सिँचाइ गर्ने गर्छन् । भारतले कोसी पश्चिमी नहरमा पानी नछाड्दा सिँचाइ गर्न समस्या भएको डाक्नेश्वरी नगरपालिका – ४ का किसान चन्दन साहले बताउनुभयो । प्रत्येक वर्ष यही नहरबाट गहुँ बालीमा पानी हाल्दै आएको तर यस वर्ष पानी नदिँदा समस्या भएको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल

काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको

काठमाडौँ, २१ साउन । केही दिन अघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भूमि समस्या समाधान आयोगलाई विघटन गरेसँगै आन्दोलनमा उत्रिएका

काठमाडौँ, २१ साउन । थप ३ हजार ९ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख