विदेशी लगानीका लागि राष्ट्र बैङ्कको पूर्वस्वीकृति नचाहिने

काठमाडौँ, २८ माघ । अबदेखि विदेशी लगानी भित्र्याउन नेपाल राष्ट्र बैङ्कको पूर्वस्वीकृति नचाहिने भएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विदेशी लागनी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७७ अनुसार उद्योग विभाग वा लगानी बोर्डले स्वीकृति दिएपछि सहजै विदेशी लगानी भित्र्याउन पाइनेछ ।

यसअघि विदेशी लगानी भित्र्याउँदा राष्ट्र बैङ्कसँग पूर्वस्वीकृति लिनु अनिवार्य थियो । कतिपयले त्यस्तो व्यवस्थाले गर्दा लगानीकर्तालाई झन्झट हुने गरेको गुनासो गर्दै आइरहेका थिए ।

पूर्वाधार विकासका लागि नेपालमा लगानीको आवश्यकता हुँदै आए पनि विदेशी लगानीकर्ता आकर्षित हुन सकेका छैनन् । विदेशी लगानी आकर्षित हुन नसक्नुमा अप्ठेरो सरकारी नीतिकलाई संशोधन गर्नुपर्ने माग उठ्दै आइरहेको छ ।

नयाँ व्यवस्था अनुसार लगानी स्वीकृत भएपछि विदेशी मुद्रा विदेश पठाउनुअघि राष्ट्र बैङ्कलाई जानकारी गराउनुपर्ने व्यवस्था कायम राखिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल

काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको

काठमाडौँ, २१ साउन । केही दिन अघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भूमि समस्या समाधान आयोगलाई विघटन गरेसँगै आन्दोलनमा उत्रिएका

काठमाडौँ, २१ साउन । थप ३ हजार ९ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख