तोकिएको मितिमै निर्वाचन गर्न तयार छौं: निर्वाचन आयोग

काठमाडौँ, २७ माघ । निर्वाचन आयोगले तोकिएको मितिमै निर्वाचन गर्न तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी दिएको छ ।

निर्वाचन तयारीबारे बारे बुझ्न आज आयोग पुग्नुभए प्रधानमन्त्री ओलीलाई आयोगले आउँदो वैशाख १७ र २७ गते निर्वाचन गर्न तयार रहेको जानकारी गराएको हो । प्रधानमन्त्री ओलीसँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आफूहरू अहिले निर्वाचन तयारीमै केन्द्रित रहेको जानकारी गराउनुभयो ।

छलफलमा प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीलाई तीब्र पार्न निर्वाचन आयोगलाई सुझाव दिनुभयो । प्रधानमन्त्रीले निर्वाचनका लागि आयोगलाई सबै प्रकारको सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल

काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको

काठमाडौँ, २१ साउन । केही दिन अघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भूमि समस्या समाधान आयोगलाई विघटन गरेसँगै आन्दोलनमा उत्रिएका

काठमाडौँ, २१ साउन । थप ३ हजार ९ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख