प्रतिनिधिसभा विघटनपछि कांग्रेसको दुई बाटो अपनाएको छ: उपसभापति निधि

काठमाडौँ, २७ माघ । वर्तमान राजनीतिक संकटका समयमा नेपाली कांग्रेस पार्टीको प्राथमिकता संविधानको रक्षा रहेको पार्टीका उपसभापति विमलेन्द्र निधिले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि अहिले देखिएको संकट टार्न कांग्रेसले संवैधानिक उपायको पक्षमा रहेको वीरगन्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।

‘दुईवटा बाटो छ, हामीसँग,’ नेता निधिले भने, ‘देशलाई प्रतिनिधिसभाविहीन राख्न सकिँदैन, प्रतिनिधिसभा प्राप्त गर्ने अहिले दुई बाटो छ, पहिलो हो त्यसको पुनःबहाली र अर्को हो चुनाव ।’

प्रेस युनियन पर्साले आयोजन गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वउपप्रधानमन्त्री निधिले देशलाई निकास दिलाउने सामर्थ कांग्रेससँग मात्र रहेको दाबी गरे । आगामी निर्वाचनमा नेपाली कांग्रेसले संघीय संसद्, प्रदेश र स्थानीय तह सबै ठाउँमा चुनाव जित्ने ठोकुवा गरे । कम्युनिस्ट पार्टी, मधेसवादी भनिएका दल वा अन्य नाममा खुलेको दलका कारण नभई कांग्रेसीकै कारण कांग्रेसले हार बेहोर्ने गरेको विगत सम्झिादै उनले आउँदो चुनावका त्यो अवस्थाको अन्त्य हुने दाबी गरे ।

नेपाली कांग्रेस प्रतिनिधिसभा पुनर्बहालीको पक्षमा रहे पनि त्यो हुन नसकेको खण्डमा चुनावमै जानु परे पनि पार्टी तयार रहेको उनले बताए । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अहिले अदालतले के फैसला दिन्छ त्यसको पर्खाइमा हरेको उनले बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल

काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको

काठमाडौँ, २१ साउन । केही दिन अघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भूमि समस्या समाधान आयोगलाई विघटन गरेसँगै आन्दोलनमा उत्रिएका

काठमाडौँ, २१ साउन । थप ३ हजार ९ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख