मन्त्री नेम्वाङद्वारा मोटरेबल पुलको उद्घाटनः निर्माण व्यवसायी पुरस्कृत

पोखरा २६ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले पोखरा सिक्लेस जोड्ने मोटरेबल पुलको उद्घाटन गर्नुभएको छ ।

काँहुखोला दुधपोखरी सडकको विययपुर खोलामा निर्माण सम्पन्न भएको पुल सोमबार उदघाटन गर्नु भएको हो । ५ करोड ७५ लाख २९ हजारको लागतमा पुल निर्माण सम्पन्न भएको हो । पुलको लम्बाई ५४ दशमलव १७ मिटर रहेको छ । दुई स्पानको यो पुल २०७५ सालमा निर्माण सुरु भएको थियो ।

यस पुलले पोखरा नगरपालिका वडा नं. १३ र मादी गाउँपालिका वडा नं. ५ लाई जोड्नेछ । कार्यक्रममा नेकपाका नेता तथा पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारी, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यक्रर्ताका साथमा विभागका प्रमुखहरुको सहभागिता रहेको थियो । यो पुल सम्झौता समायवधी भित्रै सम्पन्न गरेको भन्दै निर्माण व्यवसायीलाई पुरस्कृत समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले