उपत्यकाका तीन जिल्लाको प्रेस सङ्गठन पुनर्गठन, भक्तपुरको संयोजकमा ढकाल

काठमाडौँ, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आवद्ध प्रेस संगठन नेपालले उपत्यकाका तीन जिल्लाको संयोजक तथा सहसंयोजक पुनर्गठन गरेको छ ।

सङ्गठनको उपत्यका प्रदेश कमिटीको यही माघ २४ गते कमिटीका संयोजक हेमराज सिलवालको अध्यक्षता, केन्द्रीय संयोजक गणेश बस्नेत, केन्द्रीय नेता गणेश पाण्डे, उपत्यका इञ्चार्ज प्रकाश सिलवाललगायतको विशेष उपस्थितिमा सम्पन्न बैठकले मातहतका जिल्लामा तीनै जिल्लाको नेतृत्व परिवर्तन गरेको हो ।

परिवर्तिन नेतृत्वमा भक्तपुरबाट संयोजकमा हेमराज ढकाल, सहसंयोजकमा अञ्जना सिल्पकार रहनुभएको छ । त्यस्तै काठमाडौँ जिल्लाको संयोजक संयोजक पुकार तिमिल्सना, सहसंयोजक ज्योति जिसी र नूरराज कँडेल रहनुभएको छ । ललितपुरको संयोजकमा बालमुकुन्द आचार्य र सहसंयोजकमा अशोक दुलाल रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले