ट्रम्पमाथि कलाकार संघको मूल्यविपरीत काम गरेको आरोप

एजेन्सी, २६ माघ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार साग (स्क्रिन एक्टर्स गिल्ड, अमेरिकन फेडरेसन अफ टेलिभिजन एन्ड रेडियो आर्टिस्ट) लाई बुझाएको राजीनामा स्वीकृत भएको छ । यो अमेरिकाको फिल्म, टेलिभिजन र रेडियोका कलाकारहरुको संयुक्त संस्था हो । बिहीबार उनको राजीनमा स्विकार्दै यस संस्थासँग ट्रपले फेरि सदस्यताका लागि पहल गर्न नमिल्ने निर्णय पनि सुनाएको हो ।

शनिबार जुम एपमार्फत गरिएको सम्मेलनमा यो निर्णय सुनाइएको हो । “उनले पदमा हुँदा संघको मान र अखण्डताविपरीत कार्य गरेका थिए,” विज्ञप्तिमा उल्लेख छ । ट्रम्पलाई आजीवन सदस्य हुन नपाउने गरी लिइएको निर्णय सांकेतिक भएको पनि संघका अध्यक्ष ग्रेबिएल कार्टेरिसले बताएका छन् । उनले भनेका छन्, “सहकर्मीहरुलाई दुर्व्यवहार गर्ने र हानि पुर्‍याउने कामलाई क्षमा दिइने छैन । एक जनालाई आक्रमण गर्नु भनेको समग्र सबैलाई आक्रमण गर्नु हो ।”

यद्यपि संघको अनुशासन तोडेको आरोपमा संघले ट्रम्पलाई बर्खास्त गर्नुअगावै ‘संघले आफ्नो लागि केही नगरेको भन्दै’ ट्रम्पले राजीनामा दिएका हुन् । डोनाल्ड ट्रप सन् १९८९ देखि यस संस्थासँग आबद्ध थिए । यस संस्थाको सदस्यताका समयमा उनी ‘होम अलोन २’, ‘द न्यानी’ र ‘सेक्स एन्ड द सिटी’ लगायत चलचित्र र टेलिभिजन शोमा देखिएका छन् ।  -भेराइटी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले