भागिरथी भट्टको हत्यारा चाडै पत्ता लाग्छ : मन्त्री थापा

काठमाडौँ, २६ माघ । गृहमन्त्री रामवहादुर थापा बादलले बैतडीकी किशोरी भागिरथी भट्टको हत्यारा चाडै पत्ता लाग्ने बताएका छन ।

आज राष्ट्रियसभा र बिघटित प्रतिनिधि सभाका केही सदस्यहरुले गृहमन्त्री थापालाई भेटी हत्यारालाई पत्ता लगाइ कडा सजाय दिन, परिवारलाई राहत र क्षतिपूर्तिको ब्यवस्था गर्न र यस्ता घटना पुन नदोहोरियोस भनी सुरक्षालाई अझ चुस्त बनाउन गम्भीर ध्यानाकर्षण गराएका थिए ।

उक्त ध्यानाकर्षण पत्र बुझदै गृहमन्त्री थापाले  बलात्कारीलाई जतिसक्दो छिटो कारवाहीको दायरामा ल्याउन गम्भिररुपमा अनुसन्धान भइरहेको बताए । उनले अनुसन्धानमा कुनै पनि कमि नरहने र दोषी चाडै पत्ता लगाएर कडा कार्वाही गरिने प्रतिवद्धता समेत व्यक्त गरेका छन

 बैतडीकी किशोरी भागिरथी भट्टको पाँच दिनअघि बलात्कारपछि हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने स्पष्ट

काठमाडौँ, ६ चैत । सुन तस्करी प्रकरणमा लामो समयदेखि उन्मुक्ति पाउँदै आएका पूर्वसभामुख, पूर्वगृहमन्त्री तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।  बिहान

काठमाडौँ, ५ चैत । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेको बन्दी प्रत्यक्षीकरणको रिटलाई लगाउमा