अब मुलुक केपी ओली नेतृत्वको नेकपाको ‘लाल किल्ला’ बन्छः सांसद पहारी

काठमाडौँ, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले आगामी बैशाखमा हुने मध्यावधी निर्वाचनमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नेतृत्वे गरेको पार्टीको मुलुकमा लाल किल्ला बन्ने दावी गर्नुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालले ललितपुरमा आयोजना गरेको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै सांसद पहारीले निर्वाचनमा जनताले अपार मतका साथ ओली नेतृत्वका नेतालाई विजयी गराउने बताउनुभयो । पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालले पार्टीलाई गुटबन्दी बनाई चल्नै नसक्ने अवस्था सिर्जना गरेकाले पार्टी फुटको अवस्था आएको उल्लेख गर्दै उहाँले माधव–प्रचण्ड टुक्रिएर गएसँगै पार्टी पूर्ण रुपमा चलायमान भएको बताउनुभयो । मावध–प्रचण्ड नेकपाबाट हटेसँगै देशभरका कार्यकर्ता परिचालित भइरहेको उल्लेख गर्दै मुलुकभर प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको जनलहर चलिरहेको बताउनुभयो ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकताका क्रममा प्रधानमन्त्री ओलीले करिव ४५ प्रतिशत माओवादीलाई ठूलो हृदयका साथ दिनुभएको स्मरण गर्दै सांसद पहारीले उदार भावनालाई लत्याउँदै पुष्पकल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालले केही नेता लगि पार्टीबाट टुक्रिएर गएको बताउनुभयो । माधव–प्रचण्डमा नेता रहेको तर कार्यकर्ता नरहेकाले आगामी निर्वाचनमा जाने आँटसम्म गर्न नसकेको उल्लेख गर्दै सांसद पहारीले निर्वाचनमा सहभागि भएमा प्रचण्ड–माधवको अस्थित्व समाप्त हुने दावी गर्नुभयो । त्यस्तै प्रधानमन्त्री ओलीको पक्षमा ९० प्रतिशतभन्दा बढी जनताको साथ रहेको उल्लेख गर्दै उहाँले जनताको अपार माया र सद्भावले नै आगामी निर्वाचन पछि पनि प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले मुलुकको विकास र समृद्धिको यात्रालाई अगाडी बढाउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा नै संघिय लोकतान्त्रीक गणतन्त्रको कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै लामो समयदेखीको जनताको विकास प्रतिको तिव्र चाहना एक पछि अर्को गर्दै पुरा हुँदै गएको बताउनुभयो । संघियताको कार्यान्वयनसँगै तीन वटै तहका सरकारको ध्यान मुलुकमा शान्ति, अमनचयन, स्थिरतासहितको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकता तुल्याउन रहेको उल्लेख गर्दै सांसद पहारीले संधियताका विरोधीहरुले भक्तपुर, पोखरालगायतका ठाउँहरु गएर संघियताको कार्यान्वयनसँगै विकास कस्तो हुन्छ भनि हेर्न आग्रह समेत गर्नुभयो ।

युवा संघ आश लाग्दो, भरलाग्दो तथा डर लाग्दो संगठनको रुपमा रहेको विगतको इतिहास स्मरण गर्दै पूर्वयुवा संघ नेपालका अध्यक्ष समेत रहनुभएका सांसद पहारीले अबका दिनमा युवा संघका नेता तथा कार्यकर्ताले विकास र सिद्धान्तलाई अक्षरस पालना गरी पार्टी र सरकारको काममा अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । युवा संघका नेता तथा कार्यकर्ता अबका दिनमा उत्पादन तथा उद्यमी बन्नुपर्नेमा जोड दिँदै सांसद पहारीले परिस्थीति र आवश्यकताका आधारमा युवा संगठनका नेता तथा कार्यकर्ता परिचालित हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल

काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको

काठमाडौँ, २१ साउन । केही दिन अघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भूमि समस्या समाधान आयोगलाई विघटन गरेसँगै आन्दोलनमा उत्रिएका

काठमाडौँ, २१ साउन । थप ३ हजार ९ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख