प्रधानमन्त्री केपी ओली ‘फादर अफ युथ’: नेता बस्नेत

काठमाडौँ, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली आम नेपाली युवाहरुको लागि ‘फादर अफ युथ–नेशन’ भएको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले नेपालको इतिहासमा नै युवामैत्री नेतृत्व गर्ने भनेको नै प्रधानमन्त्री ओली भएको बताउनुभयो । युवा संघको संस्थापक अध्यक्ष समेत प्रधानमन्त्री ओली रहेको स्मरण गर्दै नेता बस्नेतले युवाहरुको प्रेरणाको स्रोतको रुपमा प्रधानमन्त्री ओली रहेको बताउनुभयो । नेपाली कम्युनिष्ट नेतृत्वमा युवाहरुको भावना र मागलाई सम्बोधन गर्ने नेताको रुपमा प्रधानमन्त्री ओली रहेको उल्लेख गर्दै उहाँले राष्ट्रियताको सवालका साथ साथै युवाहरुको हक र अधिकराको लागि लड्ने र मार्गनिर्देश प्रधानमन्त्री ओलीले गर्नुभएको बताउनुभयो । आम नेपालीहरुको ‘बा’ मात्र नभई नेपाली युवाहरुले वर्तमान समयमा ‘आइ लभ यु केपी बा’ भन्न थालेको समेत बताउनुभयो । युवाहरुको मागलाई सम्बोधन गर्ने केपी ओलीमात्र भएको समेत उहाँले उल्लेख गर्नुभयो ।

पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालले हावामा बन्दुक पड्काएर, धनश्याम भुषाल र योगेश भट्टराईहरुले ढ्याङ बजाएर, नारायणकाजी श्रेष्ठलगायतले कम्युनिष्ट पार्टी कब्जा गर्ने रणनीतिमा रहेको भन्दै आक्रोस जनाउँदै नेता बस्नेतले ती नेताहरुको रणनीतिलाई युवाहरुले सडकमा त्यसको विरुद्ध निश्किएपछि त्यो योजना सफल हुन नसकेको बताउनुभयो । प्रचण्ड–मावधको अराजकताका विरुद्धमा नेपालको इतिहासमा नै ठूलो बाइक र्याली तथा मार्च पास समेत गरेको उल्लेख गर्दै देशभर प्रधानमन्त्री ओलीको पक्षमा अभियान चलिरहेको बताउनुभयो ।

संकटको समाधान गर्ने नेपालीको मनमुटुको संगठनको रुपमा राष्ट्रिय युवा संघ रहेको उल्लेख गर्दै नेता बस्नेतले क्रियाशिलता नै युवाहरुको पहिचान भएको बताउनुभयो । विगत, वर्तमान भर भविष्यका कार्यभारको बारेमा गंभिर भएर लाग्नुपर्ने वा एजेण्डाको रुपमा रहनुपर्ने उल्लेख गर्दै युवामा उत्पादन, रोजगारी, उद्यमी हुनै पर्नेमा जोड दिनुभयो ।

उहाँले प्रदेश नं. २ मा केपी ओली नेतृत्वको नेकपामा प्रवेश गर्नेको आँधीवेरी सिर्जना भएको बताउनुभयो । आगामी निर्वाचनमा प्रधानमन्त्री ओली नेतृत्वको पार्टीले दुई तिहाइ मत ल्याउने दावी गर्दै नेता बस्नेतले निर्वाचन पछि प्रचण्ड–माधवले नेतृत्व गरेको समूहको हैसियत खोज्नुपर्ने अवस्था पुग्ने दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ बाट लोकेश बमले शतक बनाएका छन् ।  पहिलो टी–२०

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड