विदेशमा कोरोनाबाट थप तीनजना नेपालीको मृत्यु

काठमाडौँ, २५ माघ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप तीनजना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघका अनुसार यो साता युकेमा  २ जना र अल्जेरिया १ जनाको संक्रमणका कारण मृत्यु भएको हो । यो सहित २१ देशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३ सय ३३ जना पुगेको छ ।  

शनिवार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५८ हजार ८ सय ३२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये  ५६ हजार २ सय ४७ जना कोरोना मुक्त भएका छन । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।

यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० साउन । मोटरसाइकल दुर्घटनामा परेर ज्यान गुमाएका युवकको पहिचान खुलेको छ । मृतक प्यूठान जिल्लाको सरुमा रानी गाउँपालिका

धादिङ, १० साउन । १० दिनदेखि हराइरहेकी युवतीको शव फेला परेको छ । आइतबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ८

काठमाडौँ, १० साउन । एउटै औषधि कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो– जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख

काठमाडौँ, १० साउन । अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे । सिरहा जिल्लाको लहान नगरपालिका–२३ तिलबोना गाउँका