युवा संघद्वारा दिपशिखालाई संयोजकबाट निष्कासनको घोषणा

काठमाडौँ, २५ माघ । नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको संयोजकबाट रामप्रसाद सापकोटा (दिपशिखा)लाई निश्कासनको घोषणा गरेको छ ।

आज ललितपुरको च्यासस्थित तुलसीलाल स्मृति भवनमा शुरू भएको युवा संघको केन्द्रीय समिति बैठकले दिपशिखालाई निश्कासनको घोषणा गरेको हो ।

युवा संघ इन्चार्ज महेश बस्नेतको उपस्थितिमा भएको बैठकले सापकोटालाई निष्कासन गरेपछि रमेश  पौडेलको अध्यक्षमा बैठक शुरु भएको छ । बैठकलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री टोप बहादुर रायमाझी, गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारी लगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्