फिलिपिन्समा शक्तिशाली भूकम्प

एजेन्सी, २५ माघ । फिलिपिन्सको दक्षिणी भागमा पर्ने दाभाओ डेल सुर प्रान्तमा आइतबार ६.३ म्याग्नीच्युडको भूकम्प गएको फिलिपिन्सको भूगर्भ विभागले जानकारी दिएको छ । स्थानीय समयानुसार आइतबार १२ः२२ दिउँसो उक्त भूकम्प गएको बताइएको छ । माग्सेसे शहरबाट ६ किलोमिटर दक्षिणपश्चिममा १५ किलोमिटरको गहिराईमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ ।

यस भूकम्पको कम्पन कोटाबाटो प्रान्तको कादापावान शहर र कोरोनादाल सहरमा पनि कम्पनको महसूस गरिएको समाचारमा जनाइएको छ । यस भूकम्पबाट  मानवीय र भौतिक क्षतिको हालसम्म कुनै समाचार प्राप्त भएको छैन् । फिलिपिन्समा भूकम्पको प्रकोपले बारम्बार सताएको पाइन्छ ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी