तीन आकाशे पुल निर्माण गरिँदै

विराटनगर, २५ माघ । विराटनगर महानगरपालिकाले रु दुई  करोड ३९ लाख लागतमा एकैसाथ तीन आकाशे पुल निर्माण गर्ने भएको छ । विराटनगर महानगरपालिकामा सवारी साधनको चाप बढ्न थालेपछि यातायता सुगमताका लागि आकाशे पुल निर्माण गर्ने अवधारणा ल्याएको हो । 

नगर क्षेत्रको धरान–विराटनगर सडकखण्डको  कञ्चनबारी चोक, बरगाछी चोक र भट्टी मोड (घाँसचोक) गरी तीन ठाउँमा आकाशे पुल निर्माण गर्ने योजना महानगरपालिकाले अगाडि सारेको नक्शा शाखाका प्रमुख अर्जुन थापाले बताए ।

विराटगरको सौन्दर्य बढ्ने र सवारी दुर्घटना न्यूनीकरण गर्ने र मानिसलाई सडक वारपार गर्न सुविधा पुग्ने उद्देश्यले आकाशे पुल निर्माणसँगै विराटनगरको भित्री भागमा नगरपालिकाको खाली जग्गामा सामान्य उद्यान पनि बनाउने नगरपालिकाको योजना रहेको प्रमुख थापाले जानकारी दिए । 

विराटनगरको कञ्चनबारी चोकमा रु ७८ लाख, बरगाछी चोकमा रु ६८ लाख र भट्टीचोकमा रु ९३ लाख लागतमा सो पुल निर्माण गर्न लागेको उनले बताए । छ लेनको मापदण्डअनुसार बन्ने सो पुल फलामका हुने भनिएको छ ।

तीनवटै पुल निर्माण गर्ने गरी योजना अगाडि बढाएको र केही दिनमै यसको शिलान्यास भई चालु आर्थिक वर्षमै योजना सम्पन्न हुने प्रमुख थापाको भनाइ छ । आकाशे पुल निर्माण भएपछि सडकमा जथाभावी सडक काट्ने बानी अन्त्य हुने र यसबाट सवारी दुर्घटना न्यूनीकरणमा पनि टेवा पुग्ने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल

काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको

काठमाडौँ, २१ साउन । केही दिन अघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भूमि समस्या समाधान आयोगलाई विघटन गरेसँगै आन्दोलनमा उत्रिएका

काठमाडौँ, २१ साउन । थप ३ हजार ९ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख