प्रचण्डको धम्की: ‘ओली र हामीलाई उस्तै भन्दा अन्याय’

काठमाडौँ, २५ माघ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरूको तुलना गरिए अन्याय हुने बताएका छन् ।

मिडिया एलाइन्सका प्रतिनिधिसँग शनिबार काठमाडौंमा भएको अन्तर्कियामा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । दाहालले प्रधानमन्त्री ओली लोकतन्त्रलाई कुल्चेर प्रतिगमन र सर्वसत्तावादको बाटोमा हिँडेको आरोप लगाउँदै आफूहरू लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि आन्दोलनमा लागेको बताए ।

उनले भने, ‘त्यसैले ओलीसँग हामीहरूलाई तुलना गरिए अन्याय हुन्छ ।’ अध्यादेश जारी गर्नेदेखि संसद् विघटनसम्मका ओलीका कदमलाई ‘जंगली राज’ को सुरुवात भन्दै दाहालले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) लगायतका दलसँग प्रतिनिनिधसभा विघटनविरुद्ध संयुक्त आन्दोलन गर्ने विषयमा छलफल भइरहेको बताए ।

फागुन पहिलो साताभित्र संयुक्त आन्दोलनमा जाने विषयमा टुंगो लाग्ने भन्दै उनले अहिलेको परिस्थिति आउनुमा ओली नै दोषी रहेको बताए । उनले यस्तो अवस्था आउनुमा आफूहरूको पनि कमजोरी भए आत्मसमीक्षा गर्ने बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)