सरकारको ध्यान कोरोना नियन्त्रणमा जानुपर्छ : अध्यक्ष केसी

बागलुङ, २४ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल सरकारको ध्यान कोरोना नियन्त्रणमा जानुपर्ने बताएका छन् । उनले कोरोना नियन्त्रण र आर्थिक सङ्कट पार लगाउने विषयमा सरकारले काम गर्नुपर्ने भए पनि सरकारको ध्यान अन्तै गएको बताए । 

बागलुङको गलकोटमा राष्ट्रिय जनमोर्चाले आज आयोजना गरेको सभामा पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका नेता केसीले सरकारले सङ्कट टार्ने काममा ध्यान नदिएको बताए । उनले बारम्बर चुनावमा जाँदा नेपाललाई आर्थिक भार बढी पर्ने दाबी गरे । 

सरकारले युवालाई रोजगारी दिनुपर्नेमा उल्टो विदेश जान प्रेरित गरेको नेता केसीको आरोप रहेको छ । भारतले नेपाललाई हिन्दुराज्य बनाउन चाहेको र राजा फर्काउने नियतका कारण कुटिल चाला रचेको केसीको आरोप छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

प्रणाम गुरुदेव, लाखौ देवता छन कसलाई मात्र पूजा गरौँ । लाखौ तिर्थ छन् कहा कहा मात्र घुमौ । लाखौ मन्त्रहरु

तेज बहादुर ढकाल ॐ वम वरुणाय नमः पाठक बृन्द । बरुण देबको महिमा अपारम्पार छ । सनातन धर्म संस्कृतिमा ब्रह्मा,

मनकुमारी जिसी, केन्द्रीय सदस्य, नेकपा एमाले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको जन्म २०१८ साल असार ५ गते पूर्वी नेपालको भोजपुर जिल्लाको

राजु पहारी मन्त्रीमण्डल पुनः गठनसँगै नेपाली राजनीति तात्यो । धेरैले आकलन नगरेका र धेरै राम्रो काम गरेका मन्त्रीहरु बाहिरिए अथवा